काँग्रेस नेता पौडेलद्वारा तनहुँका ५ स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

डिसी नेपाल
६ वैशाख २०७७ १३:३८

तनहुँ । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले आफ्नो गृह जिल्ला तनहुँका ५ स्थानीय तहलाई कोरोना नियन्त्रण सम्बन्धी विभिन्न स्वास्थ्य उपकरणहर हस्तान्तरण गरेका छन् ।

काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले तनहुँका ५ स्थानीय तह शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, रिसिङ्ग गाउँपालिका, घिरिङ्ग गाउँपालिका, म्याग्दे गाउँपालिकालाई थर्मगन, सर्जिकल मास्क, पिपिई रडिजिटल थर्मोमिटर लगायतका सामग्री हस्तान्तरण गरेका हुन्।

नेता पौडेलले आफ्नो सर्कलमा रहेका साथिभाइ तथा शुभचिन्तकहरुबाट सहयोग सामाग्री जुटाएर गृह जिल्ला तनहुँमा वितरण गरेका हुन् ।

यसैबीच तनहुँका १० वटै स्थानीय तहमा केही दिनयता थालिएको द्रुत कोरोना परीक्षणका क्रममा नमूना संकलन गरिएका सबैको रगत परीक्षण नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

सरकारले विदेशबाट आएका तथा संदिग्धसँग सम्पर्कमा रहेकाको द्रुत गतिमा परीक्षण गर्न थालेयता जिल्लाका स्थानीय तहका स्वास्थ्य एकाईमार्फत पनि परीक्षण थालिएको छ ।

यस्तै तनहुँ जिल्ला प्रशासन कार्यालयले जिल्ला बाहिरको तरकारी भित्रिँदा संक्रमण बढ्नसक्ने भन्दा बाहिरी जिल्लाको तरकारीमा प्रतिबन्ध लगाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *