कोरोना विरुद्धको लडाईँका लागि गाउँपालिका तयार छ : प्रमुख शाही

तर्कबहादुर थापा
९ वैशाख २०७७ ११:४०

काठमाडौं । दैलेखको पश्चिम ठाटीँकाँध गाउँपालिका प्रमुख धिरबहादुर शाहीले कोरोना विरुद्धको लडाईँका लागि गाउँपालिका तयार रहेकाे बताएका छन् । डिसी नेपालसँग कुरा गर्दै उनले गाउँपालिकामा कुनै पनि समस्या नआउने गरी तयारी गरेको बताएका हुन् ।

कोरोनाका कारण देश नै लकडाउन भइरहेका बेला गाउँपालिकाले कोरोनाका विरुद्ध सबै अस्त्रहरु पालना गरिहेको बताउँदै उनले भने, ‘हामीले सबै तयारी गरेका छौं । पालिका बाहीरबाट आउनेलाई ८ ठाउँमा बनाएको क्वारेन्टाइनमा राख्ने गरेका छौ। अफ्ठेरो परेकालाई राहतको समेत व्यवस्था गरेका छौं।’

पालिका बाहिरबाट आउनेको संख्या कम रहेको उनले बताए । उनले भारतबाट १ सय ३३ जना मात्र गाउँ फर्केको बताए । ‘भारत बाहेक तेस्रो मुलुकबाट ५ जना फर्केका छन’, उनले भने, ‘भारतबाट फर्कनेहरु एकैचोटी धेरै आउछन् की भन्ने सोचेका थियों, धेरै आएनन् आएका जतिलाई क्वारेन्टाइनमा राखेर कतिपयलाई फर्काइ सकेका छौं । सबैभन्दा ढीलो चैत्र ९ गतेमात्र पालिका बाहिरको मान्छे गाउँ प्रवेश गरेका थिए’ ।

राहत वितरणको तयारीबारे उनले भने, ‘सबै भन्दा पहिला त ठाटीँकाध गाउँपालिकामा १ महिनामै अफ्ठेरो पर्ने कोही हुनुहुन्न, भन्नेले जे भने पनि १ महिनामै अफ्ठेरो कसैलाई पर्ने वाला छैन, कदम कदाचित लकडाउन लम्बियो भने साँचिकै समस्यामा परेकाहरुको पहिचान गरी राहत वितरण गर्ने छौं, हामीले त्यसका लागि सम्पूर्ण तयारी गरेका छौं ।

उनका अनुसार मालिका मावि तोलीजैसी, कृष्णमावि लकान्द्र, अस्पताल गरि ८ ठाउँमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा बसेका १७ जना घर फर्किसकेका छन् भने थोरै मात्र क्वारेन्टाइनमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *