प्रचण्डले सोधे, किन गुपचुप गरेको ? ओलीले भने, छुट्टै बैठक किन गरेको ?

डिसी नेपाल
१० वैशाख २०७७ ३:४४

काठमाडौं । दल विभाजनसम्बन्धी कानून र संबैधानिक परिषद् सम्बन्धी कानूनलाई संशोधान गर्न अचानक अध्यादेश जारी गरेको विषयले सत्तारुढ दलभित्रको राजनीति तातेका बेला पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बैठकमै आरोप प्रत्यारोप भएको छ।

आफूलाई नसोधी अध्यादेश संशोधन गरेकोमा आक्रोशित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा छलफल नहुनु दुर्भाग्यपूर्ण भन्दै प्रधानमन्त्री ओलीविरुद्ध खनिए। उनले किन गुपचूप गरेको भनेर आक्रोशपूर्ण आवाजमा प्रधानमन्त्री ओलीलाई सोधेका थिए।

यसको जवाफमा ओलीले पनि गम्भीरभावमा तर उस्तै आक्रोशमै जवाफ दिए,“हल्ला नमच्चाउन गुपचूप गरेको।” उनले काम गर्नै नपाई हल्ला हुने गरेकोले नभनेको बताएका थिए।  बैठक शुरु हुँदा हुँदै प्रचण्ड आक्रोशित भएपछि प्रधानमन्त्री ओली पनि चूप बसेनन् । उनले प्रचण्डलाई सोधे,“आफ्नाजति मन्त्री बोलाएर छुट्टै बैठक गरियो रे त ?”

प्रधानमन्त्री के पी शर्मा ओलीले तयार गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले केही घण्टाबीचमै लालमोहर लगाइसकेका दुई अध्यादेशबारेको प्रसंगमा अचानक बोलाइएको सचिवालयको बैठकको दृश्य हो यो ।

सोमबार अपरान्ह अध्यादेश शीतल निवास प्रस्थान गरेपछि बालुवाटारमा अकस्मात् पार्टी सचिवालयको बैठक बसेको थियो । सचिवालयका एक सदस्यका अनुसार, मन्त्रीपरिषद्को बैठक सकिनासाथ पूर्वमाओवादी समूहका मन्त्रीहरुको दाहालनिवास खुमलटार पुगेको र त्यहाँ छुट्टै बैठक गरेको कुरामा प्रधानमन्त्री आक्रोशित थिए।

उनले सल्लाह नगरी अध्यादेश ल्याएको जवाफ दाहालले गुट चलाएको र सरकारलाई असहयोग गरेको अर्थ लाग्ने गरी दिएका थिए। सो सचिवालयको बैठक प्रधानमन्त्रीको इच्छामा बोलाइएको पनि थिएन । दाहालले आक्रोशित हुँदै फोन गरेपनि सचिवालयका अन्य सदस्यलाई पनि बालुवाटार बोलाइएको थियो।

स्रोतका अनुसार, प्रचण्डले सचिवालय बैठक बोलाउनु भने ।ओलीले त्यसै गरे।  नौ भाइ सदस्य रहेको सचिवालयको बैठक ५.३० का लागि आह्वान गरियो । निर्धारित समयमा आठ भाइ पुगे। प्रधानमन्त्रीले सात मिनेट मात्रै ढिला गरेर बैठक कक्षमा प्रवेश गरेका थिए।

प्रधानमन्त्रीले प्रचण्डकी बुहारी खानेपानी मन्त्री विना मगरका एकजना सल्लाहकारले आफूविरुद्ध सार्वजनिकरुपमा तथानाम लेख्ने बोल्ने गरेको र उनलाई प्रचण्डको साथ रहेको आरोप पनि लगाए। प्रधानमन्त्रीले यस्तो आरोप लगाए पनि प्रचण्डले कस्ले के बोल्यो आफूलाई थाहा नभएको बताएका थिए।

बैठक शुरु हुनासाथ प्रचण्डले ‘जरुरी हुँदाहुँदै नि अध्यादेशको औचित्य प्रमाणित गर्न गाह्रो हुने एकातिर, अर्काेतिर पार्टी भित्र कुनै छलफल नहुनु दुर्भाग्य हो’ भने। ओलीले आफ्नो कदम को बचाउ गर्दैन भने, जे कुरा गर्न खोज्यो बाहिर जान्छ तसर्थ यो कुरा नसुनाको हो। प्रचण्डले प्रतिवाद गर्दै भनेका थिए,“आखिर केही घन्टा न हो गुमराहमा राख्ने अनि त बाहिर आउँछ नै। यो पनि आइहाल्यो ।”

प्रचण्ड बोलिरहेकाबेला उपाध्यक्ष वामदेव गौतमले तातोपानी मागे। कोही सहयोगी थिएनन्। उनले महासचिव बिष्णु पौडेललाई चिया बिस्कुट ल्याउन भने। बिष्णु उठेर गएका पनि थिए तर चिया त के तातोपानी पनि ल्याउन सकेनन्।

अरु बेला जति गम्भीर हुँदा नि केही न केही हासाउँने ओलीले हिजोको बैठकमा हासिलो मुख पनि नलगाएको सचिवालयका एक सदस्यले बताए। बाहिर हल्ला भएजस्तो उनले बोलिरहेका पनि होइनन् ।

र, ईश्वर पोख्रेलबाहेक सबै सचिवालय सदस्यले सही कुरा गलत समयमा आयो भन्ने टिप्पणी गरेका थिए । माधव नेपालले पनि पार्टी पद्धतिसम्मत निर्णय गर्नु पर्नेमा यस्तो लुकिछिपी गर्न नहुने बताए।

सबैका कुरा सुनिसकेपनि ओलीको प्रचण्डप्रतिको आक्रोश भने घटेको थिएन । केही गर्न लाग्यो कि आफूनिकटका पत्रिका र अनलाइनमा आफू र सरकारविरुद्ध छपाउने गरेको आरोप प्रधानमन्त्रीले बैठकमै  प्रचण्डलाई आरोप लगाएका थिए।

उनले प्रचण्डकी बुहारी खानेपानी मन्त्री विना मगरका एकजना सल्लाहकारले आफूविरुद्ध सार्वजनिकरुपमा तथानाम लेख्ने बोल्ने गरेको र उनलाई प्रचण्डको साथ रहेको आरोप पनि लगाए ।

प्रधानमन्त्रीले यस्तो आरोप लगाए पनि प्रचण्डले कस्ले के बोल्यो आफूलाई थाहा नभएको बताएका थिए । बैठकमा प्रधानमन्त्री ओलीले भने,“आइन्दा पार्टीलाई  जानकारी दिएर निर्णय हुन्छ।” साँझ ५.३५ मा शुरु भएको बैठक ७ बजेतिर सकियो।

तर, कसैले पनि तातो त के चिसो पानी पनि नखाई !! एक सचिवालय सदस्यका अनुसार, पूर्वमाओवादीको प्रचण्ड समूहले सरकारलाई असहयोग गरेको र असफल पार्न खोजेकोले गोपनीयता राख्नु परेको तथा आफूले नबोलाको बैठकमा के को मेजमानी भन्ने सन्देश दिन सफल भयो बालुवाटार ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *