भारतको रेल सेवाद्वारा दैनिक दुई लाख ६० हजारलाई भोजन
नयाँदिल्ली । भारतको रेल सेवा प्रदायक निकायले दैनिक दुई लाख ६० हजारभन्दा बढीलाई खान खुवाउने गरेको जनाएको छ । रेल सेवाका देशभरी रहेका विभिन्न कार्यालय मार्फत् दैनिक २ लाख ६० हजार जनालाई खाना खुवाइएको हो ।
लकडाउनका कारण खाद्य सङ्कटमा परेकाहरुलाई खाना खुवाउने कार्य भइरहेको रेल मन्त्रालयले बुधबार जनाएको छ । जिल्लास्तरमा रहेका सवै कार्यालयहरुलाई उनीहरुका लागि खानको व्यवस्था गर्न सूचित गरिएको पनि मन्त्रालयको भनाइ छ ।
रेल सेवाका कार्यालयको क्षमताअनुसार क्षेत्र क्षेत्रमा खाना खुवाउदा दैनिक दुई लाख ६० हजार भन्दा बढीले सेवा पाएका छन्, मन्त्रालयका एक अधिकारीले भने ।पीडित धेरै भएको कतिपय ठाउँमा एक ठाउँबाट अर्को ठाउँमा पनि लगिदिने गरिएको बताइएको छ ।
उनीहरुलाई प्रति छाक १५ रुपैयामा खुवाइएको पनि समाचारमा जनाइएको छ । खर्चको व्यवस्थापन भने राज्यले गरिदिएको छ । राज्यले चाहेमा अहिले खुवाइरहेका भन्दा अरुलाई पनि खाना खुवाउन सकिने रेल सेवाका अधिकारीको भनाइ छ । भारतीय रेल सेवाले दैनिक झण्डै एक लाख जनालाई त यसअघि पनि खाना खुवाउदै आएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment