लकडाउनले आमाको मुख हेर्न नपाउँदा छाेरीकाे मन खिन्न!

डिसी नेपाल
११ वैशाख २०७७ १३:३०

नुवाकाेट। आज मातातिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन। अघिल्ला वर्ष उत्साहका साथ मनाइने पर्व यो बर्ष भने लकडाउनले प्रभावित बनेकाे छ।

वर्ष दिनमा एकदिन मात्रा आफ्नो ममता कि खानी आमाको लागि छुट्टाइएको औसीमा आमासँग भेट नहुँदा पुरुष भन्दा पनि नारीलाई मन धमिलाे भएको पाइन्छ। बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरको त्रास र महिना दिन भन्दा बढीको लगडाउनले आमासँग भेट हुन नपाउँदा अत्यन्तै दुख लागेको बताउँछिन् कैलालीकी लक्ष्मी लुइँटेल।

‘मेरो माइती पहाड हो। म दशै तिहार कहिले पनि नगएर यही औंशीमा जान्थे। टाढाको बाटो गएर आउन पनि गाह्रो हुने। एउटा छोरी त्यो पनि आमाको मुख हेर्ने दिनमा जान नपाउँदा दुख लाग्यो। अस्तीबाट फोन गर्दै रोइरहनु भएको छ। लकडाउनको प्रभावले टाढा हुने चेलीलाई रोकेपनी नजिक हुने चेलिलाई भने रोक्न सकेको छैन।’

आफ्नो साधन(मोटरबाइक) हुने बाइकमै आवतजावत गरेका छ्न् भने नहुनेले पैदल यात्रा। मनले नमानेपछि ६ घण्टाको बाटो हिडेर ११ वर्षकी छोरी सहित हिँडेर आएको बताउँछिन धादिङकी सरोदा आचार्य।

‘कहाँ नआउनु घरमा गाली गरिरहेको थिए म त हिडेर आए, ५ घण्टामा पुग्छ भन्ने सुनेकी थिएँ, घण्टा लाग्यो। बुढी आमा हुनुहुन्छ मनले मानेन।’ आफ्नो वरपर छिमेकमा सबै आउँदा आफूलाई चाहिँ खुब दुख लागेको गुनासो गरिन् नुवाकोटकी ८६ वर्षीया गंगा न्यौपानेले।

‘छिमेकमा छोरीहरु आए, उनीहरुको त हिडेर आउने ठाउँ थियो। के गर्नी सधैंको वर्षमा आएकी हो वर्ष मात्रै यस्तो भयो। अब दुख त लागेको छ के गर्नु। खाना पनि खान मन छैन।’ पर्साकी सुष्मा लामाको पनि दुखेसो उस्तै छ।

उनले भनिन्, ‘के गर्ने हो र के नभएको के नभएको जस्तो भएको छ। म त अलिकति मात्रै नजिक भएपनि हिँडेर जाँन्थे टाढा छ। ७ घण्टा त गाडीमा नै लाग्छ। चित्त त बुझाउन नै पर्‍यो तर यस्तो औशी चाहिँ अहिलेसम्म भएको छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *