प्रदेश १ कोरोना जनसुरक्षा कोषमा २८ करोड ७८ लाख

डिसी नेपाल
१३ वैशाख २०७७ ८:११

विराटनगर। प्रदेश १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारको लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु. २८ करोड ७८ लाख ८६ हजार सात सय २५ रुपैयाँ जम्मा भएको छ । यो कोषमा प्रदेश सरकारले २५ करोड रकम जम्मा गरेको थियो ।

यो कोषमा विभिन्न संघसंस्था, वित्तीय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारी लगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलाले जानकारी दिए।

कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि १२ करोड ६ लाख खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत योग्य प्रसाद राईले जानकारी दिए ।

राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *