कोरोनाको कारण नेपालका पुर्व फुटबल खेलाडीको निधन
काठमाडौं । आखिरमा कोरोना भाईरसले नेपालका पुर्व फुटबल खेलाडीको पनी ज्यान लिएको छ । अमेरिकामा फ्रेन्ड्स क्लब कुपन्डोलका पूर्व खेलाडी महेश पन्थीको कोरोना भाईरस संक्रमणको कारण निधन भएको हो । ललितपुरको ‘ए डिभिजन क्लब’ फ्रेन्ड्सले सामाजिक संजाल फेसबुकबाट पूर्व खेलाडी पन्थीको निधन भएको जनाएको छ ।
भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका पन्थीको मंगलबार बिहान उपचारका क्रममा अस्पतालमा निधन भएको हो। कोभिड–१९ बाट संक्रमित पन्थीको विगत २० दिनदेखि इनोभा फेयर ओक्स अस्पतालमा उपचार भइरहेको थियो। नेपालमा ललितपुर कुपन्डोल घरभएका पन्थीका आमा, एक श्रीमती, एक छोरा र एक छोरी छन्। उनी एक दशकदेखि अमेरिका थिए। पूर्वभलिबल खेलाडीसमेत रहेका पन्थीको निधनप्रति स्थानीय संघ संस्थाहरुले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्।
https://www.facebook.com/FCkupondole/posts/2803105129806976
No ads found for this position


डिसी नेपाल
Facebook Comment