भद्रगोलका बेलासे कोरोना संक्रमित, श्रीमतीलाई भने – ‘मरें भने कालो डायरी पढ’

डिसी नेपाल
१८ वैशाख २०७७ ११:५५

काठमाडौँ । चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलका तत्कालिन निर्माता तथा कलाकार सुवास कार्की (बेलासे) कोरोना (कोभिड १९) संक्रमित भएका छन् । दुई वर्षदेखि लण्डनमा बस्दै आएका कलाकार कार्कीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। उनी लण्डनस्थित निवासमै सेल्फ आइसुलेसनमा छन्।

चीनपछि लगत्तै विश्वका अधिकांश देशमा कोरोनाको संक्रमण फैलिँदै गएपछि धेरै साथीहरु नेपाल फर्किएपनि साना छोराछोरी र पत्नीसहित आफू नेपाल फर्कन नसकेको सुवासले बताएका छन ।

आफ्नी श्रीमती अस्पतालमा कार्यरत रहेको र सानी छोरीका लागि दुधलगायतका खाद्य पदार्थ खरिद गर्न सँधै आफैँ भिडमा जाने भएका कारण त्यहीँबाट आफूलाई कोरोना संक्रमण भएको हुनसक्ने उनको आशंका छ ।

कलाकार सुवासले  नेपाल समाचारपत्रसँग लामो कुरा गर्दै भनेका छन्, बूढीलाई घरको जिम्मेवारीका बारेमा सबै कुरा भनुँ भने पनि ऊ झन् आत्तिएर डराउली …। बरु एउटा डायरीमा सबै कुरा लेखेर राखेको छु ।  बाँचे त ठीकै छ, “मरें भने कालो डायरी पढ।”

उनले आफूलाई दिनप्रतिदिन गाह्रो हुँदै गएका कारण बेडबाट उठ्नै नसक्ने अवस्थामा पुगेको पनि बताएका छन्। आफूलाई सन्चो नभएको थाहा पाएपछि आफन्त तथा साथीभाइबाट हैसला पाइरहँदा आफूमा ठुलो आत्मविश्वास जागेको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *