एक ट्वीटले गुम्यो १४ अर्ब डलर
एजेन्सी । अमेरिकी कार निर्माता कम्पनी टेस्लाका संस्थापक एलन मस्कको एक ट्विटका कारण कम्पनीले ठूलो रकम गुमाउनुपरेको छ।
शुक्रबार एलनले आफ्नो सबै सम्पति बिक्री गर्ने भन्दै एक ट्विट गरेका थिए। ‘म आफ्नो सबै अचल सम्पत्ति बिक्री गर्छु, घर पनि राख्दिनँ’ उनले ट्वीटमा लेखेका थिए। उनको यो ट्विटसँगै टेस्लाको सेयर १४ अर्ब अमेरिकी डलरले कम भएको बीबीसीले जनाएको छ।

आफ्नो सम्पत्ति बेच्ने मात्र होइन, उनले ‘टेस्लाको सेयर मूल्य अति धेरै भयो’ भन्ने पनि ट्विट गरेका थिए। उनका यी ट्विटकै कारण लगानीकर्ताहरूले कम्पनीको सेयर बेचेका बताइएको छ। टेस्लासँगै एलनको सम्पत्तिमा पनि तीन अर्ब डलर गिरावट आएको छ।
सन् २०१८ मा पनि उनी ट्विटका कारण विवादित भएका थिए। त्यो बेला उनले न्यूयोर्क स्टक मार्केटमा टेस्लाको भविष्यबारे ट्विट गरेका थिए, जसका लागि नियामक निकायले दुई करोड अमेरिकी डलर जरिवाना गरेको थियो।

त्यो घटनापछि उनले ट्विट गर्दा वकिलबाट स्वीकृत लिनुपर्ने निर्णय गरेका थिए। शुक्रबार वाल स्ट्रिट जर्नलले एलनलाई टेस्लाको सेयर मूल्यबारेको ट्विट मजाकमा गरेको हो भनेर सोधेको पनि थियो। एलनले होइन भन्ने जवाफ दिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment