लकडाउन थप गर्ने सरकारको तयारी

डिसी नेपाल
२१ वैशाख २०७७ १३:३७
4
Shares

काठमाडौं। वैशाख २५ गते सकिने लकडाउनेको म्याद थप गर्ने विषयमा मन्त्रिरिषद बैठकमा छलफल भएको छ। जनताको जीवन रक्षा सरकारको मुख्य उद्देश्य भएको भन्दै सरकारले लकडाउनको म्याद थप गर्ने तयारी गरेको हो।

आइतबार बसेको मन्त्रिपरिषद बैठकमा २५ गते सकिने लकडाउनका विषयमा छलफल भएको एक मन्त्रीले जानकारी दिए। तर कोरोना नियन्त्रण तथा रोकथाम गर्न गठित उच्चस्तरीय समन्वय समितिले सरकारलाई  कुनै पनि सिफारिस नगरेका कारण निर्णय भने हुन बाँकी छ।

‘उच्चस्तरीय समन्वय समितिले के गर्ने भन्ने विषयमा सरकारलाई सिफारिस गरेको छैन, त्यसैले निर्णय भने भएन,’ एक मन्त्रीले भने, ‘तर जनताको जीवन रक्षा सरकारको प्राथमिकता भएकाले लकडाउन थप्ने विषयमा सकारात्मक छलफल भयो।’ भारतसँग जोडिएका सीमा नाकामा थप कडाइ गर्ने निर्णय पनि गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *