अहिले भारतबाट ह्वात्तै ढोका खोलेर कसैलाई नेपाल भित्र्याउन सक्दैनौं : परराष्ट्र मन्त्री ज्ञवाली

बिजय भुसाल
२२ वैशाख २०७७ १०:०४

कोरोना भाइरसको माहामारीका कारण बिदेशमा रहेका धेरै नेपालीहरु समस्यामा छन्। यूएईमा एउटै कम्पनीका ३०० जना अलपत्र अवस्थामा छन्। कतार, मलेसिया, भारतलगायत खाडी मुलुकमा सयौं अलपत्र छन्। इटालीमा रहेका नेपालीहरु पनि समस्या परेको खण्डमा नेपाल फर्किने बातावरण नेपाल सरकारले बनाइदिने आशा राखेका छन्।

विशेषगरी अहिले बिदेशमा रहेका नेपालीहरुको एउटै भनाइ छ, भाइरसका कारण समस्यामा परेका नेपालीहरुलाई आफ्नो देश फर्किन सरकारबाट सहयोग होस्। तर, अधिकांश विदेशमा रहेका नेपालीहरुलाई नेपाल लिएर आउने कुरामा सरकारबाट ढिलासुस्ती भैरहेको छ। सहयोगको कुरामा पनि छिटोभन्दा छिटो काम हुन सकेको छैन।

यिनै विषयलाई समेटेर नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग डिसी नेपालका बिजय भुसालले गरेको कुराकानी :

इटालीमा रहेका नेपालीहरु भाइरसको समस्याका कारण धेरैको काम छुट्ने अवस्था आउने देखिन्छ। काम नभएर समस्यामा परेका नेपालीहरु यदि कामको अभावका कारण नेपाल जान चाहेको खण्डमा के गर्न सक्छ नेपाल सरकारले ?

इटालीमा रहेका नेपालीहरुका समस्याका बारेमा हामीले जेनेभास्थित हाम्रो दूतावासमार्फत र इटालीको गैर आवासीय नेपाली संघमार्फत निरन्तर अपडेटहरु लिइराखेका छौं। इटालीमा सबै नेपालीहरु सुरक्षित रकेको कुरामा हामीलाई सन्तोष पनि लागेको छ। लकडाउनलाई खुकुलो गर्दै जाँदा यसका बहुआयामिक प्रभावका बारेमा हामीले त्यहाँको आकलनहरु गरिरहेका छाैं।

इटालीमा मात्रै हैन जहाँ जहाँ बढी समस्या छ र जहाँ क्रमश लकडाउनहरु खुकुलो हुँदै छ, त्यस्ता ठाँउहरुबाट नेपालीहरु स्वदेश फर्किन चाहनुभएको कुराप्रति हामी जानकार छौं। अहिले नेपाल आफैं पनि लकडाउनमा छ र मे १५ सम्म हाम्रा सबै अन्तरार्ष्ट्रिय उडानहरु बन्द छन्। त्यस्तो अवस्थामा तत्काल स्वदेश फर्किने ढोका त अझै खुलिसकेको अवस्था छैन। हामीले पनि देस भित्र संक्रमणको अवस्थालाई ध्यानमा रख्दै आवश्यक लचकता कुन कुन श्रेत्रमा अबलम्बन गर्न सकिन्छ र कहिलेबाट अन्तरार्ष्ट्रिय उडानहरु खोल्न सकिन्छ भन्नेबारे छलफलहरु गरिरहेका छौं ।

भारतमा अहिले संक्रमण एकदमै बढिरहेको बेलामा हामीले ह्वात्त ढोका खुला गरेर नेपाल भित्र हामी थप यहाँका नागरिकहरुलाई पनि असुरक्षित गर्न सक्दैनौं। किनभने अहिले जति पनि नेपालमा संक्रमण छ ९० प्रतिशतभन्दा बढी संक्रमण बाहिरबाट आएको छ।

निष्कमर्षमा पुगिसकेपछि हामीहरु यहाहरुमार्फत त्यहाँका दाजु भाइ तथा दिदी बहिनीहरुलाई जानकारी गराउनेनै छौं। त्योभन्दा अगाडि अहिलेको अवस्थामा नेपाल सरकारको नीति जो जो जहाँ हुनुहुन्छ त्यही नै सुरक्षित रहने नीतिमा नै हामीले जोड दिएका छौं। यस्तो अवस्थामा विद्यार्थीहरुलाई होस्टेल र कोठाबाट निकाल्न नपाउने गरी सम्बन्धित सरकारहरुसँग पहल गरिरहेका छौं।

न्युनतम सुबिधाबाट पनि बन्चित भएका विद्यार्थीहरु र अन्य ढंगले अप्ठ्यारोमा पर्नुभएकाहरुलाई गैर आवासीय नेपाली सङ र त्यहाँका लोकल च्यारेटि संस्थाहरु मार्फत राहत र सुबिधाहरु उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ र तेस्मा पनि अवस्था अलि सहज भैएपछी आफ्नो स्वदेस फर्किन चाहाने नेपालीहरुका लागि हामिले सहजीकरण गर्ने छौं।

इटालीमा रहेका युनिभर्सिटीका विद्यार्थीहरुको कक्षा सेप्टेम्बरमामात्र सुरु हुने हुँदा छात्रवृत्ति पाएका विद्यार्थीहरुलाई त समस्या नहोला तर जो पढ्नका लागि घर भाडा तिरेर बस्छन् उनीहरूका लागि काम र भासाको अभावमा समस्या पर्ने सक्ने देखिएको हुँदा त्यस्ता विद्यार्थीहरुको लागि नेपाल फर्कन के गर्न सक्छ सरकारले ?

विद्यार्थीहरुको हकमा पनि अन्तर्राष्ट्रिय उडानहरु सुचारु नहुने बेलासम्म तत्काल नेपाल लिएर आउन सक्ने अवस्था छैन। अन्तर्राष्ट्रिय उडानहरु खुल्ने बितिकै विद्यार्थीहरु प्राथमिकतामा पर्नु हुन्छ। हामीले सम्बधित सरकारहरुसँग पनि कुरा गरिरहेका छाैं। विद्यार्थीहरुलाई कुन ढंगले सरकारले सहयोग गर्न सक्छ भन्ने बारे।

मलाइ लाग्छ सेप्टेम्बरमा कक्षा सुरु हुने अवस्थाभित्र यो ३—४ महिनाको समयका लागि आउनेजाने गर्न पनि असुरक्षित भएकोले त्यो अवधिका लागि नेपाली विद्यार्थीहरुलाई कसरी राहत पुराउन सक्छ भन्ने तर्फ ध्यानदिनु पर्छ भन्ने मलाई लाग्छ । उडानहरु खुल्ने बितिकै हामी त्यो कुरालाई ध्यान दिने छौं। हामीले विद्यार्थीहरुलाई प्राथमिकतामा राख्ने छौं।

यूएईमा एउटै कम्पनीका ३००जना अलपत्र अवस्थामा छन् । कतार र मलेसिया लगायत खाडी मुलुकमा सयाैं अलपत्र छन्। खाना र बस्न नै समस्या छ। उनीहरुको लागि नेपाल सरकारले तत्काल एक्सन लिन किन नसकेको होला ?

हामीले हर सम्भब प्रयासहरु गरिरहेका छाैं। करिब ४० लाख जनसंख्या नेपाल बाहिर छन्।  त्यसमध्ये २०—२१ लाख जति श्रम सम्झौता गरेर श्रम स्वीकृति लिएर काम गर्नेहरु अथवा कतिपय अबैध ढंगले त्यहाँ बसोबास गर्दै आउनु भएका हुनुहुन्छ। त्यो संख्या पनि २० लाखभन्दा बढी छ। त्यस्तो अवस्थाभित्र अहिले धेरै ठाँउमा एकैचोटि समस्या आउँदा दूतावासले पनि कतिपय ठाँउमा ध्यान पुराउन नसकेको होला तर हामीले उहाँहरुलाई निरन्तररुपमा दूतावाससँग सम्पर्क राख्न आग्रह गरेका छौं।

गैर आवासीय नेपाली सघले पनि राहात बितरण गराउने काम गरेको छ। त्योभन्दा महत्वपूर्ण कुरा खाडी क्षेत्रका सबै सरकार प्रमुखहरु र बिदेश मन्त्रीहरुसँग प्रधानमन्त्रीज्यूले र म आफैंले आ–आफ्नो लेबलबाट कुरा गरेर त्यहाँ को सरकारसँग हामीले तीनवटा कुरा विशेष आग्रह गरेका छौं। पहिलो भिसाको अवधि सकिएको या करार अवधि सकिएका कारणले कोही पनि मान्छे त्यहाँ अबैध ठहरिने र कानुनी झमेला नहोस् भनेर आग्रह गर्यौं। जसले गर्दा सबैजसो देशले ३ महिनको भिसा अवधि थपेका छन्।

दोस्रो, उपचारमा आफ्नो नागरिकसरह समान व्यवहार गरियोस भनेर आग्रह गरेका छौ र कुनै पनि ठाँउमा विभेद छैन र सन्क्रमित नेपालीहरुको निशुल्क उपचार पनि भैरहेको अवस्था छ । तेस्रो कुरा, हामीले आग्रह गरेका छौं कि कसैलाई पनि यस्तो संकटको अवस्थामा रोजगारीबाट बन्चित गर्ने या लामो बिदा दिएर बीचमा तलब नपाएर उनीहरु भोकै बस्नु पर्ने अवस्था।

मलेसियाकै सरकारले नै फर्काउन खोजेमा हामीले नो भन्न मिल्दैन। त्यसका निम्ति आवश्यक तयारीहरु गरिरहेका छौं। तर, अहिले चै भिसा सकिएकै कारणले कोही समस्यामा पर्ने कुरा रहँदैन। केही नेपालीहरु समस्यामा परेको कुरा हामीलाई जानकारीमा आएको छ। यो विषयमा दूतावासलले निरन्तर सरकारसँग समन्वय गरिरहेको छ।

अब अहिले पछिल्लो समय सरकारहरुले कम्पनीहरुलाई आफ्ना कामदारहरु कटौती गर्ने छुट दिएको हुनाले केही कम्पनीहरुले कामदार कटौती गर्दै गरेको रिपोर्ट हामिलाई प्राप्त भएको छ । त्यस्तो अवस्थामा पनि हामी कम्पनीहरुसँग कुरा गरेर कम्तीमा पनि स्वदेश फर्किने अवस्था नहुनेबेलासम्मका निम्ति खान बस्नका लागि दूतावासहरु कम्पनीहरु संग निरन्तर सम्पर्कमै छन्। उनीहरुले त्यो दायित्व पूरा गर्नैपर्छ र हामीले त्यसका निम्ति आवश्यक पहल गर्छौंं।

शनिबार नेपाली मजदुर एकता समाज मलेसियाले एक प्रेस बिज्ञप्ति जारी गर्दै मलेसियामा भिसा सकिएर नेपाल फर्किने क्रममा मलेसियामै अलपत्र परेका र मलेसियाको प्रहरीले पक्राउ गरेको कुरा छ । उनीहरुलाई सुरक्षित राख्ने व्यबस्था के नेपाल सरकारले गर्छ ?

यो बिषयमा हामीले मलेसियन सरकारसँग कुरा गरेका छौं। मेरो नेपाली राजदूतसँग कुरा भएकाे थियो। मलेसिया सरकारले अब १४ दिन भित्रमा रजिस्टर गरेर गैरकानुनी ढंगले वा ओभर स्टे बसिरहेकाहरुलाई क्रमश सम्बन्धित देशमा फर्किनु पर्ने भन्ने सूचना चाहिँ जारी गरेको छ। हामीले त्यस्तो संख्या कति छ भनेर रेकर्डहरु लिइरहेका छौं।

मलेसियाकै सरकारले नै फर्काउन खोजेमा हामीले नो भन्न मिल्दैन। त्यसका निम्ति आवश्यक तयारीहरु गरिरहेका छौं। तर, अहिले चै भिसा सकिएकै कारणले कोही समस्यामा पर्ने कुरा रहँदैन। केही नेपालीहरु समस्यामा परेको कुरा हामीलाई जानकारीमा आएको छ। यो विषयमा दूतावासलले निरन्तर सरकारसँग समन्वय गरिरहेको छ।

भारतमा धेरै संख्यामा नेपालीहरूलाई खान र बस्नकै समस्या भएर अलपत्र अवस्थामा छन्। उनीहरुको लागि नेपाल सरकारले सहयोग उपलब्ध गराउन किन नसकेको होला ?

भारतमा रहेका नेपालीहरुको मुल समस्या भनेको चाहिँ त्यहाँ खान र बस्नको अभावभन्दा पनि छिटो नेपाल फर्किन पाए हुन्थ्यो भन्ने छ। किनभने भारतमा संक्रमण एकदमै तिब्र रुपमा बढिरहेको छ । अहिले ४० हजारभन्दा बढी संक्रमितहरुको पुष्टि भइसकेको अवस्थाभित्र देश फर्किन पाए देखि बढी सुरक्षित भइन्थ्यो भन्ने मनोबिज्ञान निर्माण भएको छ, त्यो स्वभाविक हो।

तर, भारतमा अहिले संक्रमण एकदमै बढिरहेको बेलामा हामीले ह्वात्त ढोका खुला गरेर नेपाल भित्र हामी थप यहाँका नागरिकहरुलाई पनि असुरक्षित गर्न सक्दैनौं। किनभने अहिले जति पनि नेपालमा संक्रमण छ ९० प्रतिशतभन्दा बढी संक्रमण बाहिरबाट आएको छ। सुरुका केही दिनमा युएई, फ्रान्सबाट विभिन्न मुलुकबाट आएकोमा संक्रमण देखियो भने पछिल्लो समय जति पनि संक्रमणहरु भएका छन् ती सबै भारतबाट आएका व्यक्तिहरुबाट संक्रमित भएका छन् । मैले दूतावाससंग पनि निरन्तर कुरा गरिरहेको छु।

भारत सरकारसंग पनि कुरा भै रहेको छ। अप्ठ्यारोमा परेकाहरुलाई हामीले विभिन्न ढंगले सम्बन्धित ठाँउमै सहयोग पुराउछौं तर अहिले ठूलो संख्यामा नेपालीहरुलाई नेपाल लिएर आउने र त्यसले झन बढी असुरक्षा बढाउने, जोखिम बढाउने स्थिति बनाउन हुन्न भन्ने हाम्रो सोच छ। हरियाणामा रहनु भएका, हिमान्चलमा रहनु भएका थुप्रै नेपाली नागरिकहरुलाई राहात पुराउने कामहरु गरेका छौं । त्यहाँका संस्थाहरुसंग समन्वय गरेर हामीले त्यो ढंगले काम गरिरहेका छौं ।




प्रतिक्रिया

One thought on “अहिले भारतबाट ह्वात्तै ढोका खोलेर कसैलाई नेपाल भित्र्याउन सक्दैनौं : परराष्ट्र मन्त्री ज्ञवाली

  1. “” लकडाउनमा लुकेर , नेपालको सीमा पार गर्दैगर्दा ११ मुस्लिम पक्राउ ” (१) जता बाट आएको हो त्यतै पठाइदे। जानवर भन्दा सस्तो छ मुस्सलवान . मुस्सलवान देश हरुले पनि निकालेको नहेरेको। त्यस्तो मुस्सलवान नेपाल पसेको छ :- कुनै मुस्सलवान , नेपाललाई कोरोना सारदीने भनेर पसेको ( मुस्सलवान को बिचार , अरु धर्मको मानिस हरुलाई सारदीने मारने , अनि आफ्नो जनशन्ख्या बढाउने। अरु धर्मको मानिस हरु मारेपछि त हामी मुस्सलवानको जनशन्ख्या धेरै छ , हामीलाई नै हुन्छ जसरी पनि भनेर , त्यस्तो गर्छ ) । कुनै मुस्सलवान , नेपाल जाना पाए कोरोना चेक गर्दिन्थियो भनेर . (२) यस्तो बेलामा Nepal जाने कारण किन ? जो की जानै मिल्दैन। (4) नेपाल मा , कसैले नदेखे नेपालीहरुलाई हरुलाई पनि भ्याइदिने। (5) Nepal को बास्तबिकता Nepal मा मुस्सलवान हुदैन भन्नि कुरो जानेर पनि :- एस्तो बेलामा मुस्सलवान नेपाल किन आएको ? कोरोना को सुरु हुँदा , European हरु Europe को जहाज लिएर नेपाल आउदा , नेपालले , आकाशबाटै फिर्ता गरेको होईना ? (5) मुस्सलवान को देशमा , सबैभन्दा मारनी नेपाली हरुलाई हो। ज्याला मारने , सबै कुरामा मारनी :- तर नेपालमा , मज्जाले मोटाएर बाँचेको छ , मुस्सलवान।

Leave a Reply

Your email address will not be published. Required fields are marked *