प्रतिनिधिसभा सदस्यः बामदेवलाई ‘ललिपप’, ओलीको ‘टियर ग्यास’

तर्कबहादुर थापा
२२ वैशाख २०७७ १६:१६

काठमाडौं। कोरोना भाइरसले यतिबेला विश्वलाई आफ्नो चपेटामा लिएको छ। विश्व महाशक्ति अमेरिकादेखि महाशक्ति बन्ने बाटोमा लम्किरहेको चीनसम्म कोरोनासँग जुधिरहेका छन्।

तैपनि कोरोनालाई परास्त गर्न सकेका छैनन्। बरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही वर्षभित्रै कोरोना विरुद्धको भ्याक्सिन तयार हुने दाबी गरे। यसरी विश्व कोरोनासँग जुधिरहेको बेला नेपालको राजनीतिमा भने अघिल्लो हप्ता ‘भूईँचालो’ गयो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई केन्द्र बनाएको भुईँचालोले प्रधानमन्त्रीको कुर्सीमात्र होइन, अध्यक्षको कुर्सीमा समेर झट्का दियो। नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुग्दै गर्दा सकभर प्रधानमन्त्रीको र अध्यक्षको दुवै कुर्सी जान्छन्, नभएपनि एउटा कुर्सी त अवश्य ढल्छ भन्ने राजनीतिक वृत्तमा चर्चा चलेको थियो।

तर, विस्तारै के थाहा भयो भने यो भूईँचालो नभएर पार्टीभित्र चलेको अन्तर संघर्षको पराकम्पन पो रहेछ ! यो पराकम्पनले कुर्सी त के कुर्सीमा बसेका मान्छे पनि अत्तालिएनन् । कुर्सी ढलेन, अहिले कम्पन रोकिएको छ।

नेकपाभित्रको विवाद नेकपाको जहाज चलाउन पाइलटकै सिटको आडमा बसेका को–पाइलटले मौका नपाउँदाको आक्रोश रहेछ भन्ने खुल्दै गएको छ। अझ भनौं, पाइलट बिरामी हुँदासम्म पनि जहाज चलाउन नपाएको र अरुले देख्ने बेला आफ्नो ‘सिट’ पाइलटको भन्दा फरक भएको पाइएका कारण को–पाइलटले जहाज भित्र भएका चालक दलका सदस्यहरुसँग मिलेर जहाजमै ‘विद्रोह’ गरेका रहेछन।

उनीहरुको विद्रोहले जहाजमा यात्रा गर्ने यात्रु पनि झण्डै तितर वितर हुने अवस्था भएपछि भएको ‘अनव्यालेन्स’ बाट जहाजमा आएको फरक आवाजका कारण सिंगो राजनीति जगत नै हल्लिएको रहेछ।

को–पाइलट पनि खतरा राजनीतिक खेलाडी हुन्। उनले यस्ता जहाज नउडाएका होइनन्। उनले पहिले उडाएको जहाजमा पनि उनका सहयात्री पाइलटमाथि नै शंका लागेर झण्डै गोली हानेका थिए। उनका सहयोगी पाइलट पनि ‘बाहुन डाक्टर’ भएका कारण पहिले नै चाल पाए र उपचार गरेका थिए भन्ने हामीले सञ्चार माध्यामबाट थाहा पायौं। ती ‘बाहुन डाक्टर’ले पनि यो कुरालाई पछि नजानिँदो पाराले पुष्टि गरेका थिए।

सायद, अहिलेका पाइलटलाई पनि त्यस्तै गरी ठेगान लगाएर जहाज चलाउँ भन्ने सोच भएर २/४ जनालाई आफूतिर बनाई धावा नबोलेका भने होइनन्। तर, अहिलेका पाइलट ‘तँ चन ठकुरी, म झन ठकुरी’ परेछन्। उनले ‘रातभरी करायो, दक्षिणा हरायो’ गराइ दिए।

जहाज भित्रका खेलौना भनौं कि बच्चा भनौं उपाध्यक्षले एउटा ‘ललिपप’मा भुलेर कसको विरोधी हुँ भन्ने पनि भुले। उपाध्यक्षलाई देखाएको ‘ललिपप’ वास्तवमै को–पाइलट र वरिष्ठ भनिएकाहरुका लागि ‘टियर ग्यास’ थियो। जसले उनीहरूलाई तितरबितर पारिदियो ।

‘टियर ग्यास’ फालेर पाइलटले केही समय जहाज र सरकार दुवै आफ्नै कब्जामा राख्ने काम गरे। आन्दोलनकारी, जसले संसारमा महामारीका रुपमा फैलिएको कोरोना बिर्साउने गरी आन्दोलन थालेका थिए। उनीहरुको आन्दोलनले केही परिवर्तन पक्कै पनि हुन्छ भन्नेहरु पनि थिए।

तर, उनी त अहिले सबैलाई माथ खुवाएर  पाइलटले फालेको ‘टियर ग्यास’भित्र रुमलिरहेक छन्। अवश्य पनि ‘ललिपप’ र ‘टियर ग्यास’ पाइलटका लागि ‘ब्रमास्त्र’ भएको छ। अहिले आन्दोलनकारीलाई लागेको होला, ‘नखाउँ त दिनभरीको सिकार, खाउँ त खान्छा बाको अनुहार।’




प्रतिक्रिया

One thought on “प्रतिनिधिसभा सदस्यः बामदेवलाई ‘ललिपप’, ओलीको ‘टियर ग्यास’

  1. नेपाल समाचार :- ” मलेसिया पनि आममाफी गर्दै फर्काउदै , कुवेतबाट पनि फर्काउदै। परराष्ट्र मन्त्री भन्छन्– खाडीबाट ३५ हजार नेपाली फर्किंदा नेपाललाई ठूलो चुनौती ” (१) चोर मुस्सलवान , बीजुला ४२० चोर मुस्सलवान। एक रुपियाँको हिसाब गर्छ मुस्सलवान। अर्को धर्मको मान्छे , १ रात बसेको हिसाब गर्छ मुस्सलवान ले। त्यस्तो हुन्छ मुस्सलवान। (२) बिश्वको , कुन चाहि क्रिश्चियन संघ ले Christian Countries क्रिश्चियन देशहरुमा , प्राक्टिकली ( Pratical ) अनुसन्धान गरेको रे : बिश्वमा , क्रिश्चियनहरु ( क्रिश्चियन देशबाट ) मुस्सलवान को देशमा कति , ” खाना बास मागन जान्छन , कपड़ा मागन जान्छन ( नागरिकता मागन जान्छन भनेर खोज्दा ) एकदम Zero जस्तै नजाने रहेछन रे (३) तर मुस्सलवान हरु अत्ति ज्यादा , क्रिश्चियन देश हरुमा , ” खाना दे , दाना दे , कपडा दे , बास दे , नागरिकता दे ” भनेर अरु धर्मको देशमा जाने अत्ति धेरै मुस्सलवान हरु अरे। (४) अरु धर्मको देशमा , सबै भन्दा धेरै मुस्सलवान हरु ले ” खाना दे , दाना दे , कपडा दे , बास दे , नागरिकता दे ” भनेर जाने रे , त्यसैले ” दुनियाको गरीब धर्म मुस्सलवान धर्म ” भनेर देखियो। (५) अहिलेको लागि , मुस्सलवान ले , धामा धम सबैलाई निकालने गरेछ। मुस्सलवान धर्मको देशमा , अरु धर्मको ले बस्छु भनेर मिल्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *