No ads found for this position
No ads found for this position

बजेट अधिवेशन सञ्चालनका लागि तयारी

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२३ वैशाख २०७७ १८:१६
No ads found for this position

अत्तरिया । सुदूरपश्चिम प्रदेशको छैटौँ तथा बजेट अधिवेशन सञ्चालनका लागि तयारी थालिएको छ । कोरोना भाइरसका कारण प्रभावित भएको प्रदेशसभा बैठकलाई आवश्यक सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने तयारी गरिएको हो ।

प्रदेशको छैटौँ तथा बजेट अधिवेशन सञ्चालन गर्न पूर्वतयारी अघि बढाएको प्रदेशभाका सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए । उनले सुदूरपश्चिम प्रदेशको बजेट ल्याउनुपुर्व प्रदेशसभामा छलफल गर्नुपर्ने भएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाएर बैठक सञ्चालन गर्ने तयारी भएको बताए ।

प्रदेशसभा बैठक सञ्चालनका गर्नुअघि प्रदेशसभा सदस्यहरुको स्वास्थ्य जाँच, सवारी सधानमा डिसइन्फेक्टेन्ट छर्किने, प्रदेशसभा हलबाहिर स्यानिटाइजरको व्यवस्थापन गर्ने, बैठकमा बोल्ने प्रदेशसभा सदस्यले अनिवार्य मास्कको प्रयोग गरी बोल्नुपर्ने, प्रदेशसभा हलमा थप टेबुलको व्यवस्थापन गर्ने विषयमा आज मुख्यमन्त्री त्रिलोचन भट्टसँग छलफल भएको उनले बताए ।

उनले जेठ पहिलो हप्ताभित्रै सामाजिक दूरी कायम गर्ने गरी प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन बोलाइने तयारी गरिएको जनाए । प्रदेशको छैटौँ तथा बजेट अधिवेशन सञ्चालनका लागि मङ्गलबार मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुनबहादुर थापा, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशसभा बैठककक्षको स्थलगत अनुगमन गरेका छन् ।

सो बैठककक्षको स्थलगत अनुगमनपश्चात आज मुख्यमन्त्री भट्ट, सभामुख थापा, सामाजिक विकासमन्त्री सुवेदी र प्रदेशसभा सचिवालयका कर्मचारीले सेती प्रादेशिक अस्पतालमा निर्माणाधीन आइसोलेसन भवनको समेत अनुगमन गरेको जनाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *