वीरगञ्जमा एकै दिन १७ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ९९ पुग्याे
काठमाडौं। बुधबार एकै दिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार प्रयोगशालामा परीक्षण गर्दा वीरगञ्जमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ती मध्ये एक जना दुई महिने शिशु हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ।
ती मध्ये २२ जना उपचारपछि निको भएका छन्। बीरगञ्जमा आज बुधबार थपिएका १७ जनालाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको छ। आज थपिएका १७ जनामा ७ जना महिला र १० जना पुरुष हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment