No ads found for this position
No ads found for this position

वीरगञ्जमा आठ हजार ५०० क्विन्टल चामल मौज्दात

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२४ वैशाख २०७७ १७:२२
No ads found for this position

वीरगञ्ज। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जमा हाल आठ हजार ५०० क्विन्टल सोना मन्सुली चामल मौज्दात अवस्थामा रहेको छ ।

कम्पनीसँग ९० हजार ८० केजी सोना मन्सुली चामल तथा ११ हजार ३७१ क्विन्टल ८० केजी जापानी चामल रहेकामा सो बिक्री भई हाल कम्पनीसँग सोना मन्सुली चामल आठ हजार ५०० क्विन्टल मौज्दात अवस्थामा रहेको शाखा प्रमुख नरनाथ अधिकारीले बताए ।

सङ्घीय सरकारले जारी गरेको लकडाउनमा कम्पनीले सर्वसाधारणका लागि पनि खुद्रामा चामल बिक्री शुरु गरेपछि सोना मन्सुली चामल आठ हजार ५०० क्विन्टल तथा जापानी चामल १५ हजार ५०० क्विन्टल बिक्री भइसकेको सो कार्यालयका सूचना अधिकारी मुनिलाल कुशवाहाले जानकारी दिए । कम्पनीले माग भएअनुसार काठमाडौँ, विराटनगर, लहान, पोखरा, सुर्खेतलगायतका ठाउँमा चामल पठाउनाका साथै विभिन्न कारागारमा समेत चामल पठाएको बताइएको छ ।

लकडाउनमा खाद्यानको समस्या हुन नदिन विभागको निर्देशनानुसार कम्पनीले सर्वसाधारणलाई सोना मन्सुली प्रतिकेजी रु ४६ तथा जापानी चामल प्रतिकेजी रु ४७ को दरले बिक्री मूल्य कायम गरेपछि सर्वसाधारणलाई चामलको अभाव नभएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा जापान सरकारले नेपाल सरकारलाई दिएको ५० हजार क्विन्टल सहयोगमध्ये १५ हजार क्विन्टल जापानी चामल वीरगञ्ज आएको थियो । कम्पनीले आव २०७६÷०७७ मा सोना मन्सुली धान २० हजार क्विन्टल र जिरामसिनो धान ३२ क्विन्टल २५ केजी खरिद गरेको थियो ।

हाल कम्पनीसँग रहेको जापानी चामल सकिएको छ भने आठ हजार ५०० क्विन्टल सोना मन्सुली चामल मौज्दात अवस्थामा रहेको सो कार्यालयले जनाएको छ । संस्थानले जस्तोसुकै आपत्विपत्को अवस्थामा चामल उपलब्ध गराउन सकिने देखिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *