बझाङमा पनि कोरोना परीक्षण गर्ने किटको अभाव

डिसी नेपाल
२५ वैशाख २०७७ ९:३१

बझाङ । कोरोना भइरसको परीक्षण गर्ने किट तथा स्वास्थ्य सामग्रीको अभाव भएको छ।

बाहिरी जिल्ला तथा भारतबाट आएका ६७५ जना अझै पनि क्वारेन्टाइनमा रहेकाले उनीहरुको र्‍यापिड टेष्ट गर्न किट अभाव भएको जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानु जोशीले प्राप्त एक हजार १०० किटमध्ये हाल ६० मात्र र्‍यापिड टेष्ट किटहरु मौज्दात रहेको बताए।

हालसम्म जिल्लामा ८७५ जनाको र्‍यापिड टेष्ट र ७१ को स्वाब परीक्षण गरिएकामा सबैको नेगेटिभ आएको छ।

जोशीले पर्याप्त मात्रामा पिपिइ, थर्मलगन तथा किट अभावले परीक्षणमा समस्या भएको बताए।

गएको साता मात्र भारतको झुलाघाट तथा धार्चुला नाकाबाट बझाड भित्रिएका ६१३ जनाको पनि स्वास्थ्य परीक्षण गर्न बाँकी छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *