स्याउको बीमा गर्ने बढे
सिञ्जा । जुम्ला, मुगु र कालिकोटमा लागू भएको स्याउ बीमा कार्यक्रम प्रभावकारी बनेपछि बीमा गर्नेको सङ्ख्या बढ्दै गएको छ ।
कर्णालीमा केही वर्षयता स्याउको बिरुवालगायत निर्जीवन बीमाप्रति आकर्षण बढ्दै गएको हो । थोरै लगानीमा धेरै रकम प्राप्त हुने भएपछि बीमाप्रतिको आकर्षण बढ्दो छ।
कर्णालीका स्याउ फल्ने तीन जिल्लामा स्याउका बिरुवाको बीमा गर्ने सरकारी कार्यक्रम चलेको छ ।
यो वर्षको सिजनका लागि जुम्लमा ९०० किसानले ५० हजार स्याउका बिरुवाको बीमा गरेका छन्। त्यस्तै मुगुमा ३०० किसानले १९ हजार स्याउका बिरुवा र कालिकोटमा ३०० किसानले २६ हजार स्याउका बिरुवाको बीमा गरेका छन्।
जुम्लामा सबैभन्दा बढी स्याउको बीमा गरिएको शिखर इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक ऋषिराम पाण्डेले कर्णाली क्षेत्रमै सबैभन्दा धेरै जुम्लामा ५० हजार स्याउको बिरुवाको बीमा गरिएको बताए ।
उनले भने, “एक जना किसानले एक बिरुवादेखि ७०० बिरुवासम्मको बीमा गरेका छन्। निर्जीवन बीमा कार्यक्रममा सरकारले ७५ प्रतिशत र बिमितले २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ।” रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment