४४१ जना सांसद र कर्मचारीकाे कोरोना संक्रमण परीक्षण

डिसी नेपाल
२५ वैशाख २०७७ १५:३६

काठमाडाैं। संघीय संसदका ४४१ जना सांसदकाे काेराेना संक्रमण परीक्षण गरिएकाे छ। आज संघीय संसद अन्तरगत कुल ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको हाे।

जसमा १७९ जना प्रतिनिधिसभाका सदस्य, राष्टिय सभाका ३३ जना सदस्य तथा कर्मचारी र मर्यादापालक २२९ जना रहेका छन्।

बाँकी साँसद, सुरक्षाकर्मी र कर्मचारीको परिक्षण शुक्ररबार विहान ८ बजे देखि १० बजे सम्म आईसिसि मै स्वाब संकलन गरिने संसद सचिवालयले जनाएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *