विदेशमा रहेका नेपालीहरुको समस्याप्रति सरकारको प्रभावकारी कदम देखिएन : विवेकशील दल

डिसी नेपाल
२६ वैशाख २०७७ २०:२५

काठमाडौँ । विवेकशील नेपाली दलले कोरोना भाइरस (कोभिड–१९) कारणले विदेशमा अफ्ठ्यारोमा परेका नेपाली श्रमिकहरूको समस्याप्रति सरकारको प्रभावकारी गतिविधि नदेखिएको भन्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको ध्यानाकर्षण गराएको छ। दलले मन्त्री ज्ञवाली समक्ष सरकारले विदेशमा बसेका नेपालीको समस्यालाई सम्बोधन गर्न चाल्न सक्ने कदमहरूबारे ८ बुदें सुझावहरू समेत दिएको छ ।

दलका अध्यक्ष मिलन पाण्डे, सूचना तथा सञ्चार विभाग प्रमुख आलोक सुबेदी, संघिय समिति सदस्य आशिष राई र प्रवास प्रदेशका सचिव जीवन कार्कीले मन्त्री ज्ञवालीसँग भेट गरेर अफ्ठ्यारोमा परेका नेपाली श्रमिकहरूको समस्याप्रति सरकार संवेदनशील नभएको भन्दै चिन्ता व्यक्त गरे । उनीहरुले सरकारको काम गराई निकै ‘स्लो’ भएको भन्दै समस्यामा परेका नेपालीको उद्धार र राहातका लागि सरकारले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने धारणा राखेका हुन्।

भेटमा दलका नेताहरुले निकट भविष्यमा विदेशबाट रोजगारी गुमाएर फर्किदै गरेका नेपालीहरुलाई योजनावद्ध हिसाबबाट व्यवस्थापन गर्न योजना बनाउन सरकारलाई सुझाव समेत दिएको विवेकशीलले जनाएको छ ।

जवाफमा मन्त्री प्रदीप ज्ञवालीले आफूहरूले काम गरिरहेको कामको बारेमा जानकारी दिँदै अहिले परिस्थिति सहज नभएको बताएको दलले जनाएको छ। ‘ सरकारले योजना बनाएर काम गरिरहेको छ। हामी दूतावास मार्फत थप सक्रिय भएर काम गर्नेछौं’ भेटमा मन्त्री ज्ञवालीको भनाई रहेको प्रवास प्रदेशका सचिव जीवन कार्कीले बताए ।

भेटमा दलका अध्यक्ष मिलन पाण्डेले सरकारले विदेशमा रहेका नेपालीको बारेमा सरकार गम्भीर नदेखिएकोमा चिन्ता व्यक्त गर्दै सरकारलाई अभिभावकत्व ग्रहण गर्न अपिल गरेका थिए। सरकारलाई आफूहरूले ‘वर्क फर नेपाल’ को डाटा, आफ्नो विदेशमा रहेको सङ्गठन अनि विवेकशील नेपालीसँग भएको स्रोत साधन दिएर सहयोग गर्न तयार रहेको कुरा समेत बताएका थिए।

विवेकशील नेपालीले प्रवासमा बसेका नेपालीहरूको समस्याबारे वकालत गर्दै आएको बताएको छ। विभिन्न देशमा रहेका आफ्नो सङ्गठनहरू मार्फत नेपालीहरूलाई सहयोग गर्ने, चिकित्सक अनि मोनोवैज्ञानिक परामर्श दिने काम समेत विदेशमै गर्दै आइरहेको दलले जनाएको छ।

८ बुदें सुझावपत्र यस्तो थियो-




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *