अमेरिकी उपराष्ट्रपतिकी प्रेस सेक्रेटरीलाई कोरोना संक्रमण

डिसी नेपाल
२७ वैशाख २०७७ ३:०२

काठमाडौं । अमेरिकीका उपराष्ट्रपति माइक पेन्सकी प्रेस सेक्रेटरी केइटी मिलरलाई  कोरोना संक्रमण प्रमाणित भएको छ ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा कार्यरत उच्चअधिकारीमध्येकी एक मिलरलाई कोरोना संक्रमण भएको राष्ट्रपति डोनल्ट ट्रम्पले आज पुष्टि गरेको सीएनएनले जनाएको छ ।

यस हप्ता ह्वाइटहाउनसमा संक्रमित व्यक्ति भेटिएकामा मिलर दोस्रो व्यक्ति हुन् । मिलरअघि राष्ट्रपित ट्रम्पका एक निजी सहयोगी (भ्यालेट) मा कोरोना संक्रमण प्रमाणित भएको थियो ।

राष्ट्रपति ट्रम्पले रिपब्लिकन पार्टीका सांसद सदस्यहरुसंग ह्वाइटहाउसमा कुरा गर्ने क्रममा मिलर संक्रमित भएको बताएका थिए । उनले मिलर र आफ्नो भेट धेरै नभए पनि उपराष्ट्रपति पेन्ससंग लगातार भेट भइरहेको हुनसक्ने बताएको सीएनएनले उल्लेख गरेको छ ।

इटहाउससम्बन्धी रिपोर्टिंग गर्ने पत्रकारहरुसंग पनि मिलरको भेट भइरहने हुंदा ती पत्रकारहरुको पनि कोरोना परिक्षण गर्ने तयारी भएको ह्वाइट हाउसलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

कोरोना संक्रमित भएकी मिलर राष्ट्रपति डोनल्ड ट्रम्पका बरिष्ठ सल्लाहकार स्टेफिन मिलरकी पत्नी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *