कास्टिङ काउचमा शर्लिन चोपडाको ठूलो खुलासा, यौनशोषणका लागि प्रयोग हुन्थ्यो यस्तो ‘कोड’
मुम्बइ। बलिउड अभिनेत्री शर्लिन चोपडाले बलिउडमा ‘कास्टिङ काउच’ अर्थात फिल्ममा काम दिएवापत हुने हिरोइनको यौनशोषणका बारेमा ठूलो खुलासा गरेकी छिन् । उनले आफ्नो कास्टिङ काउच अनुभवबारे बताउँदै यसका लागि निश्चित कोडसमेत प्रयोग हुने खुलासा गरिन् ।
उनले आफू पनि कास्टिङ काउचको शिकार भएको खुलासा गरिन् । आफ्नो करियरको शुरुवाती दिनहरुका बारेमा बताउँदै शर्लिनले फिल्म निर्माताहरुले ‘डनर’को बाहानामा बोलाउने बताएकी छिन् । उनका अनुसार त्यतिबेला कास्टिङ काउचलाई ‘डिनर’ कोडले चिनिन्थ्यो ।
शर्लिनले निर्माताहरुले आफ्नो शोषण गर्नको लागि गरेको व्यवहार सम्झिँदै भनिन् ‘म उनीहरुलाई कामको लागि आग्रह गर्थें । उनीहरु मलाई डिनरमा भेट्ने आश्वासन दिन्थे । उनीहरु रातको ११–१२ बजेतिर डिनरको लागि बोलाउँथे ।’ केही पटक डिनरमा गएपछि ‘डिनर’को अर्थ बुझेको बताउँदै उनले भनिन् ‘पछि मैले आफू डाइटिङमा भएको र बिहान ब्रेकफास्टको लागि बोलाउन आग्रह गरेँ ।’
Facebook Comment