प्रधानमन्त्रीलाई कविताबाटै गगनको व्याङ्ग्यः ‘म त भाग्यमानी’
काठमाडौँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्बाटै कविता व्यङ्ग्य प्रस्तुत गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा ‘म त भाग्यमानी’ शीर्षकको बाल कविता वाचन गर्दै सरकारमाथि व्यङ्ग्य प्रस्तुत गरेका हुन् ।
थापाले भारतले नेपाली सीमा अतिक्रमण गर्दा पनि नेपाल सरकार मौन बसेको आरोप लगाए ।
उनले कोरोना भाइरसको महामारीका बेला विदेशमा रहेका नेपालीको दुःख पीडा, जनताको व्यथामा ध्यान नदिएको भन्दै प्रधानमन्त्री र सरकारलाई व्यङ्ग्यात्मक कविता प्रस्तुत गरेका हुन् ।
यस्तो छ सांसद् थापाको कविता
म त भाग्यमानी
नक्सा मेटिएको न त लिपुलेकलाई डोजरले रेटिएको!
यस्तो सबल सरकार छ सीमा कसले मिच्नी कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्नी!!
सयौं कोश हिँड्दा पनि श्रमिक छैनन आहत, गरीवलाई सम्मान छ सरकारबाट राहत!
विदेशमा कोही पनि अलपत्र छैनन् दु:ख पीडा सुनाउने ति नेपाली नै हैनन्!!
जनताको व्यथालाई ध्यान दिएर सुन्ने कृषक, साना व्यापारीको सारै मर्म बुझ्ने!
भ्रष्टाचारलाई नसहने सरकारको छ नीति हावादारी हल्ला हुन् ,
ओम्नी र यति सरकार यस्तो इमानदार यस्तो स्वाभिमानी आलोचना ग्रहण गर्छ सल्लाह सुझाव ठानि सवैतिर वाह! वाहै!
यस्तो विकास देख्दा पत्रकार नि दंग छन, यी समाचार लेख्दा!!
कोमल हृदयका प्रधानमन्त्री, आसू कवि हाम्रा दिन नबिराई सृजना छ,
आहा कति राम्रा राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला गीत-कविता भट्याउँदै कालापानी जाउँला!!
सारा नेपाल हाँसेको छ, मेची-काली गाउँछ आँसु आए बरु त्यही कविताले आउँछ यस्तो नायक गजबका ल्यायौं जानीजानी अहो!
हामी नेपाली त सारै भाग्यमानी!! अहो! सारै भाग्यमानी म त भाग्यमानी !!
No ads found for this position

डिसी नेपाल
Facebook Comment