आज कुन देशको विनिमयदर कति छ ? हेर्नुहोस्

डिसी नेपाल
३१ वैशाख २०७७ ६:१५

काठमाडौँ । आज वैशाख ३१ गते (बुधबार) अमेरिकी डलरसहित धेरै देशको विनिमयदर घटेको छ ।

विश्वभर कोरोना भाइरसको महामारी जारी रहेका बेला विदेशी मुद्राको भाउमा पनि उतार चढाव आइरहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ५१ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ११ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ३९ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ५७ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ३१ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २४ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २६ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८१ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ९७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३८९ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर ३९१ रुपैयाँ ६२ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३२० रुपैयाँ ७३ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *