सिनेमाघरमा सिट कुहिए !
काठमाडौं। लकडाउनका कारण लगातार २ महिनाभन्दा धेरै समय बन्द रहेपछि सिनेमाघरका सिट कुहिन थालेका छन् । मलेसियाको एक सिनेमाघरमा रहेका सिट पूरै ढुसीले ढाकिएको डेलीमेलको रिपोर्टमा उल्लेख छ ।
सिनेमाघरका बैजनी र रातो रंगका सिटहरु ढुसीले ढाकिएर फुस्रा भएका पश्चिमी पेराक राज्यको इपोह शहरका एक फोटोग्राफरले खिचेका तस्वीरमा देखिन्छ । मलेसियामा अहिलेसम्म कोरोना संक्रमणका ६ हजार ७४२ केस देखिएका छन् र १०९ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया
Facebook Comment