तातोपानी नाकामा रोकिए स्वास्थ्य सामाग्री

डिसी नेपाल
१ जेठ २०७७ १५:५८

काठमाडौं। कोरोना भाइरस विरुद्ध चाहिने स्वास्थ्य सामाग्रीको अभाव भइरहेका बेला निजी अस्पतालहरुले चीनबाट पिपिई, एन–९५ मास्क लगायतका स्वास्थ्य सामाग्री तातोपानी नाकासम्म ल्याइपुर्याएका छन्।

तर, सरकारले आयात कर र भ्याट लिन खोजेपछि ती सामग्री तातोपानी भन्सारमै रोकिएका छन्। सरकारले यस्तो बेलामा सहुलियत दिनु पर्नेमा आयत कर र भ्याट लगाएर दुख दिएको भन्दै उनीहरुले गुनासो गरेका छन्।

सरकारले कोरोना शंकास्पद बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्न निजी अस्पतालहरूलाई कडा परिपत्र जारी गरिसकेको छ। निजी अस्पतालहरुले सरकारको निर्देशनलाई पूर्ण पालना गर्न निजी अस्पतालहरुमा आइसोलेशन वार्डसमेत तयारी अवस्थामा छन ।

आइसोलेसनमा भर्ना भएका बिरामीको नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने व्यवस्था पनि सम्बन्धित अस्पतालले नै गर्नुपर्ने सरकारले बाध्यकारी निर्देशन दिएको छ। सरकारले ती अस्पतालहरूको निगरानी गर्न अनुगमन टोली समेत खटाएको छ । अस्पतालहरूले उपचार गर्न नमाने कारबाही गर्ने सरकारको चेतावनी छ। निजी अस्पतालका संचालहरुले चाँडो नाकामा रोकिएका सामाग्री सहुलीयतमा भित्र्याउन दिन माग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *