जेठ ६ गतेदेखि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय, के गर्न पाइने के नपाइने ?

डिसी नेपाल
२ जेठ २०७७ १४:४७

काठमाडौं। यही जेठ ५ गते लकडाउनको अवधि माप्त भएपछि ६ जेठदेखि नयाँ मोडलमा लकडाउनलाई अगाडि बढाइने भएको छ । कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आज सम्बन्धित क्षेत्रका विशेषज्ञहरुसहित छलफल गरेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ ।

समितिले जोखिमका आधारमा क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्नेगरी मन्त्रिपरिषद्लाई सिफारिस गर्ने तयारी गरेको छ । लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेका क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो ।

उच्च जोखिमका क्षेत्रमा कडाइ गरिनेछ भने न्यून जोखिमका क्षेत्रमा दैनिक जीवनयापनलाई सहज बनाउँदै लगिनेछ । समितिले विभिन्न प्रयोजनका लागि जापान र हङकङमा बस्दै आएका तर अहिले नेपालमै अड्किएका नेपालीहरुलाई विमान चर्टर गरेर पठाउने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *