धुलिखेल अस्पतालमा मृत्यु भएकी महिला कोरोना पोजेटिभ

डिसी नेपाल
३ जेठ २०७७ १६:१६

काठमाडौं। नेपालमा कोरोनाभाइरसका कारण पहिलो मृत्यु भएको आशंका गरिएको छ । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको पीसीआर परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भएकी ती महिलालाई त्यहाँबाट डिस्चार्ज गरेर पठाइएको थियो । तर, पछि उनीमा श्वास प्रश्वास सम्बन्धि समस्या देखिएपछि उनलाई धुलिखेल अस्पतालमा भर्ना गरिएकोमा अस्पतालमा उनको मृत्यु भएको थियो । मृत्युपछि आरडीटी परीक्षणमा उनीमा कोरोना पोजेटिभ देखिएपछि पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

उनकाे थप परीक्षण भइरहेकाे र सबै परीक्षणपछि मात्र काेराेनाबाटै मृत्यु भएकाे हाे वा अन्य कुनै कारणबाट निर्क्योल गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *