काठमाडौंको माछापोखरी र बसपार्क क्षेत्रका १५ जनाको आरडिटी रिर्पोट पोजेटिभ

डिसी नेपाल
५ जेठ २०७७ ७:१८

काठमाडौं । काठमाडौंको माछापोखरी तरकारी बजार र बसपार्क क्षेत्रमा कोरोना परीक्षण तिब्र पारिएको छ। आइतबार सो क्षेत्रमा १७२ जनाको पिसिआर र ४२० जनाको आरडिटी विधिद्वारा कोरोना परीक्षण गरिएको छ ।

बसपार्क क्षेत्रमा तरकारी पसल गरेर बस्ने सिन्धुपाल्चोककी एक महिलाको कोरोनाको संक्रमणबाट मृत्यु भएपछि सो आसपासका क्षत्रेमा कारोना परीक्षणलाई तिब्र पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त विकास देवकोटाले बताएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २६ र १६ अन्तर्गत पर्ने सो क्षेत्रका तरकारी पसले, ट्राफिक प्रहरी र बाहिरबाट आएकाहरुको कोरोना परीक्षण गरिएको हो।

परीक्षणपछि १५ जनामा (आरडिटी) पोजेटिभ देखिएको काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले डिसी नेपाललाई जानकारी दिए ।

उनका अनुसार, आरडिटी परीक्षणमा पोजेटिभ देखिएकाहरुको पिसिआर परीक्षणका लागि पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *