बिरामी आमालाई लिएर पुर्ख्यौली गाउँ गए नवाजुद्दीन, श्रीमतीले मागिन् डिभोर्स !

डिसी नेपाल
६ जेठ २०७७ ९:०९

मुम्बइ। बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी पछिल्लो समय समस्यामा घेरिएका छन् । अहिले उनी बिरामी आमालाई लिएर पुर्ख्यौली गाउँ उत्तर प्रदेशको बुढाना गएका छन् । यही बेला उनकी पत्नी आलियाले उनलाई सम्बन्धविच्छेदको नोटिस पठाएर सम्बन्धविच्छेद र अंश मागेकी छिन् । दैनिक भास्करसँग कुरा गर्दै आलियाका वकिल अभय सहायले आलियाले यो नोटिस ह्वाट्सएप र इमेलमार्फत पठाएको बताएका छन् ।

अभय सहायले नोटिससमा सम्बन्धविच्छेदको कारण के उल्लेख छ भन्ने कुरा खुलाएनन् । तर, उनका अनुसार यसमा निकै संवेदनशील र गोप्य कुराहरु उल्लेख छन् । उनका अनुसार ७ मेमा नवाजलाई इमेल र ह्वाट्सएपमार्फत नोटिस पठाइएको हो । १३ मेमा आलियाको तर्फबाट व्यत्तिःगत रुपमा नोटिस पठाइएको छ । नवाजले भने यसको कुनै जवाफ दिएका छैनन् । अभयका अनुसार अदालत बन्द भएकाले नवाजलाई १५ दिनको समय दिइएको छ । दिइएको समयावधिमा नवाजले जवाफ नदिए उनीविरुद्ध कानुनी कारवाही अगाडि बढाइनेछ ।

एक कुराकानीमा आलियाले सम्बन्धविच्छेद मागेको खबरको पुष्टि गरेकी छिन् । उनले कारण भने बताइनन् । यद्यपि आलियाले यस किसिमका फैसला कुनै न कुनै कारणले नै लिइने बताइन् । उनका अनुसार लकडाउनमा उनले यसबारे सोच्ने समय पाइन् । आलियाका अनुसार नवाजसँगको सम्बनध समस्यामा चलिरहेको छ र लामो समयदेखि उनीहरु अलग अलग बसिरहेका छन् ।

नवाज र आलियाको बिहे भएको १० वर्ष भइसक्यो । उनीहरुका २ सन्तान छन् । २०१७ मा नवाज र आलियाको सम्बनध बिग्रिएको समाचार आएका थिए । त्यतिबेला भने दुवैले खबरको खण्डन गरेका थिए । नवाज अहिले आफ्नो पुर्ख्यौली गाउँ बुढानामा छन् । ११ मेमा उनी त्यहाँ पुगेका हुन् । मुम्बइ पुलिसले जारी गरेको पासमा उल्लेख भएअनुसार नवाजकी ७१ वर्षीया आमा मेहरुन निशा सिद्दीकी धेरै बिरामी छिन् । नवाज र परिवारका दुई सदस्य आमालाई लिएर बुढाना गएका हुन् । त्यहाँ सबैलाई १४ दिनको लागि क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको क्वारेन्टाइन अवधि २५ मेमा पूरा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *