दुई प्रहरीमा कोरोना देखिएपछि काठमाडौं परिसर अन्तर्गतका प्रहरीमा त्रास

डिसी नेपाल
७ जेठ २०७७ ९:४५

काठमाडौं। महानगरीय प्रहरी परिसर अन्र्तगत रहेका दुई प्रहरीलाई कोरोना संक्रमण देखिएपछि काठमाडौत्रिका सबै सुरक्षा निकायमा त्रास उत्पन्न भएको छ।

नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएपछि महानगरीय प्रहरी अपराध महाशाखा तथा अन्य वृत्तहरुमा पनि त्रास उत्पन्न भएको हो।

स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार यसबारे प्रहरीलाई जानकारी गराइसकेको छ। उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो। मंगलबार दुवै प्रहरी कर्मचारी ब्यारेकमै बसेका थिए। ब्यारेकमा ९० जना बस्ने गरेका छन्।

बुधबारबाट सबैको पीसीआर परीक्षण थाल्ने तयारी भइरहेको स्रोतको दाबी छ। महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञावालीले सबै प्रहरीको कोरोना परीक्षण गर्ने तयारी भैरहेको जानकारी दिए।

उनका अनुसार फ्रन्टलाइनमा बसेर काम गर्ने सुरक्षाकर्मीहरुको कोरोना परीक्षण आवश्यक रहेकाले परीक्षणको तयारी भएको हो। प्रहरी स्रोतका अनुसार कालिमाटी वृत्त, महिला सेल र टाफिक प्रहरी कार्यालय सिल गरिएको छ।

यसअघिको तथ्यांकअनुसार ९ जना सुरक्षाकर्मी, ४ जना सञ्चारकर्मी र ३ जना स्वास्थ्यकर्मीमा कोभिड—१९ को संक्रमण पुष्टी भइसकेको छ। पुष्टी हुनेहरुमा सुरक्षाकर्मीतर्फ २ जना नेपाली सेना, सशस्त्र प्रहरीका १ जना सई र २ जवान, नेपाल प्रहरीका १ सई, २ जवान र राष्ट्रिय अनुसन्धानतर्फका १ असई कोभिड—१९ बाट संक्रमित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *