जान्हवी कपुरको घरमा काम गर्ने सहयोगीमा कोरोना पोजेटिभ

डिसी नेपाल
७ जेठ २०७७ १४:२८

मुम्बई। बलिउड निर्माता बोनी कपुरको घरमा काम गर्ने सहयोगीमा कोरोना पोजेटिभ देखिएको छ। मंगलबार बोनी कपुरकी घरमा काम गर्ने सहयोगी चरण साहुलाई कोरोना पोजेटिभ देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्। सहयोगीको रिपोर्ट पोजेटिभ आएपछि बोनी कपुरले आफू र परिवारका सदस्यलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन्।

बोनी कपुर अंधेरी (मुम्बई) को लोखंडवाला कम्प्लेक्स इलाकामा बस्छन्। बोनीको घरमा काम गर्ने सहयोगीलाई कोरोना पोजेटिभ भएको समाचार सार्वजनिक भएपछि बोनी कपुरकी छोरी जान्हवी कपुले पनि इन्स्टाग्राममा एक सन्देश जारी गरेकी छन्।

उनले लेखेकी छन्, ‘यो बेला घरभित्रै बस्नु सबैभन्दा सही उपाय हो। सबै सुरक्षित रहौं।’ जान्हवीको यो म्यासेजमा कार्तिक आर्यनले रियेक्ट गर्दै लेखेका छन्, ‘सही समयमा निर्णय लिने तपाइँको क्षमतालाई सम्मान गर्छु। जनचेतना फैलाउन आवश्यक छ।’ उता कपुर परिवारका नजिकका फेसन डिजाइनर मनिष मल्होत्राले पनि जान्हवीलाई सुरक्षित रहन सुझाव दिएका छन्।

जान्हवीले आफ्नो म्यासेजसँगै बोनी कपुरको अधिकारिक घोषणा पनि शेयर गरेकी छन्। बोनीले १९ मे मा सो मिडियामा लेखेका थिए, ‘मेरो बच्चा, हाम्रा स्टाफ र म सबै ठिक छौं। हामीमा कुनै पनि लक्षण देखिएको छैन। हामी लकडाउन सुरु भएपछि घरबाहिर पनि निस्किएका छैनौं।’

उनले अगाडि लेखेका छन्, ‘अब हामी १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्छौं। हामी बीएसीको मेडिकल टीमका तर्फबाट प्राप्त दिशा–निर्देशको पालना गर्छौं। साथै हामी महाराष्ट्र सरकार र बीएमसी चाँडै प्रतिक्रिया दिएकोप्रति धन्यवाद दिन्छौं।’

‘म यो जानकारी यस कारण पनि दिँदैछु किनभने अफवाह फैलिनु हुँदैन। हामी सबै सुरक्षात्मक कदम उठाइरहेका छौं। आशा छ, चरण ठिक भएर घर फर्किने छन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *