कपिलवस्तुका ३९७ जनाको स्वाब संकलन

डिसी नेपाल
८ जेठ २०७७ १२:५८

कपिलवस्तु । जिल्लाका ३९७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ।

जिल्लाका पाँच पालिकाबाट स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि तीन छुट्टाछुट्टै स्थानमा पठाइएको हो।

सोअनुसार कपिलवस्तु नगरपालिकाका १२१, शिवराज नगरपालिकाका एक सय, कृष्णनगर नगरपालिकाका १०५, मायादेवी गाउँपालिकाका ६७ र शुद्धोधन गाउँपालिकाका चार जनाको स्वाब संकलन गरिएको जिल्ला स्वाथ्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिए ।

बुधबार साँझ कपिलवस्तुको भैरहवा, शिवराजको काठमाडौ, कृष्णनगरको भैरहवा, मायादेवीको दाङ र शुद्धोधनको भैरहवा परीक्षणका लागि स्वाब पठाइएको बताइएको छ।

यस्तै बुधबार मायादेवीका १०८, महाराजगञ्जका ८० र शुद्धोदनका ५० जनाको आरडिटी गरिएको छ ।

हालसम्म जिल्लामा एक हजार ७३९ जनाको स्वाब संकलन भएको छ । यसैबीच जिल्लाका २६ पत्रकारको स्वाब संकलन गरिएको मध्ये १७ जनाको नतिजा नेगेटिभ आएको छ।

जोखिममा रहेका पत्रकारमा कोरोना त्रास बढेसँगै विभिन्न स्थानवाट स्वाब संकलन गरिएको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *