११ जना प्रदेशसभा सदस्यमा आरडिटी पोजेटिभ

डिसी नेपाल
८ जेठ २०७७ १९:३९

बुटवल । प्रदेश नं ५ प्रदेशसभाका सदस्यको आज कोरोना परीक्षण गरिएको छ । आरडिटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३९८ जनाको परीक्षण गरिएकामा ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले जानकारी दिए । आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर परीक्षण गरिने बताइएको छ ।

शुक्रबारदेखि प्रदेशसभाको छैटौँ अधिवेशन शुरु हुने भएकाले सुरक्षा सतर्कताका लागि कोरोना परीक्षण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको नियमावलीबमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले शुक्रबार अपराह्न १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *