चैपलले फाल्न लगाएको त्यो सबैभन्दा ‘विवादित’ बल, जसकारण आईसीसीले नियमनै परिवर्तन गर्नुपर्‍यो

डिसी नेपाल
९ जेठ २०७७ १५:१८

काठमाडौं । यो घटना १ फेब्रुअरी सन १९८१ मा भएको थियो। यस दिन क्रिकेटको इतिहासमा सबैभन्दा ‘विवादित’ बल फालियो। वास्तवमा यो ‘अण्डरआर्म’ बल थियो, जाहा बलरले बललाई ब्याटम्यानको तर्फ भुईमा गुडाएर फाले। दुई भाइहरू (ग्रेग र ट्रेभर चैपल) ले मैदानमा गरेको यस्तो हरकतले क्रिकेट जगतनै लज्जित भयो। झन चाखलाग्दो कुरा के छ भने, त्यो खेलमा कमेन्ट्रि गर्ने दुईजनाकै जेठो भाई इयान चैपलले कमेन्टि गर्ने क्रममा चिच्याउदै भनेका थिए –नो ग्रेग, तिमीले यस्तो गर्न पाउदैनौं ।

बेन्सन एण्ड हेजेज वर्ल्ड सिरीज कपको पाँच फाइनल (पाँच मध्ये सर्वोत्कृष्ट) मध्ये तेस्रो खेल मेलबर्न क्रिकेट मैदान (एमसीजी) मा अष्ट्रेलिया र न्यूजील्यान्डको बीचमा भईरहेको थियो। यसको अर्थ पाँच भन्दा बढी फाइनल खेलहरू जित्ने टिमले ट्रफी जित्नेछ। न्युजिल्यान्ड र अष्ट्रेलियाको टोलीले पहिलो दुई खेलमा एक–एक जीतका साथ बराबरीमा थियो। दुबै टिमका लागि यो खेल च्याम्पियन बन्नकालागि महत्त्वपूर्ण थियो ।

अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै २३५–४ रनको स्कोर बनायो । कप्तान ग्रेग चैपलले ९० रन बनाए। जवाफमा न्युजिल्यान्डका ओपनर ब्रुस एडगरले शतक प्रहार गदै१०२ रनमा अबिजित रहदै टोलीलाई विजयको ढोकामा पुगाए । अन्तिम ओभरमा न्युजील्यान्डलाई जित्न १५ रनको आवश्यक थियो। कप्तान ग्रेग चैपलले आफ्नो भाइ ट्रेभरलाई बल दिए। अष्ट्रेलियाले यो खेलमा कुनै पनि परिस्थितिमा हार ब्योहोर्न चाहन्थेन ।

न्युजील्यान्डलाई खेल बराबरी गर्न अन्तिम बलमा ६ रनको आवश्यकता थियो। अष्ट्रेलिया जीतको नजिक पुगेपनि ग्रेग चैपल स्ट्राइकमा रहेका पुछारका ब्याटस्म्यान संग डराए, उनले केवल १४ एकदिवसीय करियरमा ५४ रन मात्र बनाएका थिए। ग्रेगले ट्रेभरलाई अन्तिम बल ‘अण्डरआर्म’ मा फ्याँक्न भने। जबकि दुबै अंपायरलाई भनिएको थियो कि अन्तिम बल ‘अण्डरआर्म’ हुनेछ। ट्रेभरले पनि आफ्नो जेठो दाइको सल्लाह माने र ट्रेभरले बललाई पिचमा गुडाएर ब्याट्सम्यान ब्रायन म्याकेन्ने तिर फाले। त्यस समयमा क्रिकेटको नियम अनुसार त्यस्तो बलिङ गलत थिएन, तर यो कार्य खेलको भावनाको बिरूद्ध थियो ।

ब्रायन मेक्नी अवाक् भए र रिसाउँदै भुईमा ब्याट फाले । ब्रायनसँग खेलमा छक्का प्रहार गर्ने मौका थियो, तर विवादास्पद ‘अण्डरआर्म’ बलिङका कारण उनले प्रयास गर्न सकेनन। अन्त्यमा अष्ट्रेलियाले खेल ६ रनले जित्यो। दुई दिन पछि चौथो फाइनल जितेर, अष्ट्रेलियाले श्रृंखला ३–१ ले जित्यो।

यस घटनाले क्रिकेट जगतमा हलचल मचायो। दुबै देशका प्रधानमन्त्रीहरूले एक विज्ञप्ति जारी गर्नु पर्‍यो। न्युजील्यान्डका प्रधानमन्त्री रोबर्ट मालडुनले यसलाई ‘कायरतापूर्ण कार्य’ भने। उनले भने, “मेरो सम्झनामा यो क्रिकेटको इतिहासमा सब भन्दा घिनलाग्दो घटना हो।” अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम फ्रेजरले भने, “यो खेलकुदको परम्परा विपरीत हो।”

अन्त्यमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेटको नियमहरुमा संशोधन गर्नुपर्‍यो। यो घटना पछि मात्र एकदिवसीय क्रिकेटमा ‘अण्डरआर्म’ बलिङलाई तत्काल प्रभावका साथ प्रतिबन्ध लगाइएको थियो। पछि, ग्रेग चैपलले पनि आफ्नो गल्ती स्वीकारे। ट्रेभर चैपलले पनि पश्चाताप गर्दै आफ्नो भाइको कुरा मानेको कारण उनको नाम क्रिकेटको कालो अध्यायमा सँधैको लागि थपियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *