१९१ पत्रकारको पिसीआर रिपोर्ट नेगेटिभ
काठमाडौं । १९१ पत्रकारको कोभिड–१९ को रिर्पोट नेगेटिभ आएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको समन्वयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट आएको टोलीले गत मङ्गलबार राष्ट्रिय सञ्चारमाध्यम, अनलाइन मिडियामा कार्यरत १९१ पत्रकारको कोभिड–१९ परीक्षण गर्न स्वाब सङ्कलन गरेको थियो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा महासङ्घका स्वास्थ्य उपसमितिका संयोजक गोविन्दप्रसाद चौलागाईंले परीक्षण गरिएका पत्रकारको रिपोर्ट नेगेटिभ आएको र उक्त रिर्पोट चाँडै नै सम्बन्धित पत्रकारलाई वितरण गरिने बताए । यसअघि प्रेस काउन्सिलले गरेको ७० वरिष्ठ पत्रकार, सम्पादकको रिपोर्ट पनि नेगेटिभ आएको थियो । कोभिड–१९ को सङ्क्रमण अग्रपक्तिमा काम गर्ने पत्रकार, सुरक्षाकर्मीमा देखिन थालेपछि महासङ्घले पनि उपत्यकामा काम गर्ने विभिन्न सञ्चारमाध्यमका पत्रकारको परीक्षण गराएको हो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment