आज अमेरिकी डलरसहित यी ७ देशका मुद्राको भाउ बढ्यो

डिसी नेपाल
१० जेठ २०७७ ६:२७

काठमाडौँ । आज जेष्ठ १० गते (शनिबार) अमेरिकी डलरसहित केही देशको विनिमयदर उकालो लागेको छ। आज अमेरिकासहित, यूरोपियन यूरो, साउदी रियाल, यूएई दिराम, मलेसियन रिंगिट, कुवेत र बहराइन दिनारको भाउ बढेको हो ।

विश्वभर कोरोना भाइरसको महामारी जारी रहेका बेला विदेशी मुद्राको भाउमा पनि उतार चढाव आइरहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ २३ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ८३ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ २५ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ९० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ७४ पैसा र बिक्रिदर १ सय ४८ रुपैयाँ ४७ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २५ रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ छ भने बिक्रिदर ३३ रुपैयाँ १७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९२ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर ३९४ रुपैयाँ २७ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३२१ रुपैयाँ ९ पैसा तथा बिक्रिदर ३२२ रुपैयाँ ६८ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *