सलमान खानको फिल्म रेडीका अमर चौधरीको २७ वर्षको उमेरमा मृत्यु

डिसी नेपाल
१० जेठ २०७७ १६:१७

मुम्बइ। बलिउड अभिनेता मोहित बघेलको २७ वर्षको उमेरमा मृत्यु भएको छ । सलमान खानसँग फिल्म रेडीमा अमर चोधरीको भूमिका गरेर चर्चामा आएको मोहितको क्यान्सरका कारण मृत्यु भएको हो । आफ्नो गृहनगर मथुरामा उनले अन्तिम सास लिए । गएराती स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुर्याइएका मोहितको अस्पतालमै मृत्यु भएको हो ।

मोहितले सलमानसँगै फिल्म जय हो मा पनि काम गरेका थिए । मिलन टाकिज, जबरिया जोडी, ड्रीम गर्ल लगायतका फिल्ममा पनि उनले काम गरेका थिए । केही समय मोहितले सैफ अली खान र रानी मुखर्जीको साथमा फिल्म बन्टी और बबली २ को सुटिङ पूरा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *