साँखुमा मृत्यु भएकी युवतीको स्वाब पिसीआर परीक्षणका लागि पठाइयो

डिसी नेपाल
१२ जेठ २०७७ २०:५०

साँखु । शङ्खरापुर नगरपालिका साँखुमा आज मृत्यु भएकी एक युवतीको स्वाब पिसीआर परीक्षणको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ । वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी २० वर्षीय रीतु राईको मृत्यु भएपछि स्वाब परीक्षणको लागि पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागार्इंले बताए ।

कञ्चनपुरबाट आएको दिनदेखि १० दिनसम्म उनलाई इन्द्रेणीको स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा राखिएको थियो । उनको आरडिटी रिपोर्ट पनि नेगेटिभ आएपछि उनी आफन्तको घरमा गएकी थिइन् । क्षयरोगको समेत बिरामी रहेकी उनको स्वास्थ्य असामान्य हुँदै गएपछि साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल कलेजमा लगिएको थियो । सोमबार बिहान उनको अस्पतालमै मृत्यु भएको चापागाईंले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *