नेपालगञ्जका एक युवकद्वारा कोरोना पराजित

डिसी नेपाल
१२ जेठ २०७७ २०:५६

राँझा । बाँकेमा थप एक जना कोरोना भाइरसलाई पराजित गरी सोमबार घर फर्किएका छन्। खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का १८ वर्षीय युवक पूर्णरुपमा स्वस्थ भई घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार खजुरास्थित कोरोना विशेष अस्पतालमा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या अब २२ पुगेको छ । तीन दिनअघि मात्रै नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जना कोरोना भाइरसलाई पराजित गरेर घर फर्किएका थिए । खजुरास्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराइरहेका युवकमा दोस्रोे पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि स्वास्थ्य परामर्शका साथ घर पठाइएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।

खजुराको कोरोना विशेष अस्पतालमा रहेका नेपालगञ्ज–८ जोलाहनपूर्वाका अझै तीन जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *