सफा नोट नीतिलाई पूर्णरुपमा कार्यान्वयन गर्न निर्देशन दिएका हौं : प्रवक्ता भट्ट

डिसी नेपाल
१२ जेठ २०७७ २१:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकले सञ्चारमाध्याममा आए जस्तो पूर्वराजाको तस्बिर अंङ्कित नोटमा प्रतिवन्ध नलगाएको जनाएको छ । राष्ट्र बैंकले जारी गरेको नयाँ नोटको नीतिलाई पूर्ण कार्यान्वयनमा ल्याउन दिइएको निर्देशनको सामाजिक सञ्जालमा गलत व्याख्या भएको राष्ट्रबैंकले जनाएको छ।

डिसी नेपालसँग कुरा गर्दै राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बैंक तथा वित्तिय संस्थालाई सफा नोट कार्यान्वयनमा ल्याउन निर्देशन मात्र दिएको बताए । उनले भने, ‘कोरोनाको बेला पुराना नोटबाट पनि संक्रमण फैलिन सक्ने भएकाले बैंक तथा वित्तीय संस्थालाई सफा नोट नीतिलाई पूर्णरुपमा कार्यान्वयन गर्न  निर्देशन दिएका हौं। पूर्वराजाको तस्बिर अंकित नोटका बारेमा अहिले कुनै पनि नीति गत निर्णय भएको छैन।’

‘निश्चित समयावधी भित्र नोटहरु राष्ट्र बैंकमा फिर्ता हुन्छन।’ भट्टले थपे, ‘पूर्वराजाका तस्बिर भएका नोटमात्र हैन त्यस पछिका नोटहरु पनि (जो पुरानो भइसकेका छन्) राष्ट्र बैंकमा आइसकेका छन् । छुटफुट पुराना नोटलाई चलनचल्तीमा नल्याउन निर्दैशन दिएको हौं।’

भट्टले भने, ‘बैंकहरुले चल्ने नोटहरुलाई पनि रातो लगाएर पठाउने भएका हुँदा चल्ने नोट चलाउनुस् भनेर निर्देशन मात्र दिएका हौं, बाहिर अलि बढी नै ब्याख्या भएको हो जस्तो लाग्यो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *