फार्ममा आगलागी हुँदा जले १२८ बाख्रा

डिसी नेपाल
१२ जेठ २०७७ २२:१३

राजापुर । बर्दियाको गेरुवा गाउँपालिका—३ शान्तिबजारमा रहेको न्यू कालिका कृषि उपज फार्ममा आगलागी हुँदा १२८ बाख्रा जलेर मरेका छन् । आगलागीबाट रु ८० लाख बराबरको क्षति भएको सञ्चालक विजय चलाउनेले बताए । आगलागीबाट फार्ममा रहेका बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट भएका छन् ।

विद्युत लाइन सट भई आगलागी हुँदा फार्म पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रबहादुर खड्काले बताए । करीब तीन घण्टाको प्रयासमा प्रहरी र स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *