आज (मंगलबार) घट्यो कि बढ्यो विदेशी मुद्राको भाउ ? हेर्नुहोस्

डिसी नेपाल
१३ जेठ २०७७ ६:०७

काठमाडाैँ । आज जेष्ठ १२ गते (मंगलबार) यूके पाउण्डसहित धेरै देशका मुद्राको भाउ घटेको छ। अमेरिकी डलरसहित केही देशको विनिमयदर स्थिर छ ।

आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ २३ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ८३ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ११ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ७६ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ६० पैसा र बिक्रिदर १ सय ४८ रुपैयाँ ३३ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २१ रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ छ भने बिक्रिदर ३३ रुपैयाँ १७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९२ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ३९४ रुपैयाँ २० पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ ९२ पैसा तथा बिक्रिदर ३२२ रुपैयाँ ५१ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *