१० दिनअघि भारतबाट आएका थिए गुल्मीका कोरोना संक्रमित

डिसी नेपाल
१३ जेठ २०७७ ९:५५

गुल्मी । काेराेना संक्रमण पुष्टि भएका धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुष १० दिनअघि भारतबाट आएका हुन् ।

उनलाई अन्य रोग पनि देखिएपछि शनिबार पिसिआर परीक्षणका लागि स्वाब पठाइएकामा सोमबार साँझ कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको हो ।

उनीसँगै रहेकी श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको छ । अहिले उनी विद्यालयको क्वारेन्टिनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए।

संक्रमण पुष्टि भएका अर्का ३६ वर्षीय पुरुषलाई भने कोरोना कसरी लाग्यो भन्ने स्रोत खुलेको छैन । धुर्कोट गाउँपालिकाकै अर्का एक जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ।

पुरुषको सम्पर्कमा आएका जिल्लाका विभिन्न ठाउँका थप ४० जनाको सोमबार अबेरसम्म लगाएर स्वाब संकलन गरिएको छ । संकलित स्वाब आज पठाउने तयारी भइरहेको आचार्यले जानकारी दिए ।

यससँगै गुल्मीमा कुल चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको मृत्यु भइसकेको छ भने ३१ वर्षीय पुरुषको भने आइसोलेशनमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *