आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत हुने सरकारको अनुमान

डिसी नेपाल
१३ जेठ २०७७ १५:०७

काठमाडौं। सरकारले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २ दशमलव ३ प्रतिशत हुने अनुमान गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आर्थिक सर्वेक्षण पेश गर्दै कोरोना भाइरस (कोभिड–१९) कारण आर्थिक वृद्धिदरमा असर गर्ने जानकारी दिए।

अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको बजेटमा आर्थिक वृद्धिदर ८.५ प्रतिशत कायम गर्ने लक्ष्य राखेका थिए।  कोरोनाको संक्रमणका र यसको रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण आर्थिक वृद्धिदर खुम्चिएको हो।

गत आर्थिक वर्षमा नेपालको ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो।  यसअघि केन्द्रीय तथ्यांक विभागले पनि चालु आर्थिक वर्षमा २ दशमलव २७ प्रतिशत र विश्व बैंकले १ दशमलव ५ देखि २ दशमलव ८ प्रतिशत आर्थिक वृद्धि हुने हुने प्रक्षेपण गरेको थियो।

खतिवडाले ०७६ फागुनसम्ममा नेपालको कूल ऋण ११ खर्ब ३९ अर्ब ८० करोड रुपैयाँ पुगेको जानकारी दिए। यसैगरी अर्थमन्त्री खतिवडाले चालु आवमा निरपेक्ष गरिवीको रेखामुनी रहने नेपालीको संख्या १६.६७ प्रतिशतमा झर्ने बताए । आर्थिक वर्ष २०७४/०७५ मा १८.७ प्रतिशत निरपेक्ष गरिबी रेखा मुनी रहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *