भिन्सी प्रिमियर टि १० लिग : सुनील अम्ब्रोसको टिम ४९ रनले बिजयी

डिसी नेपाल
१३ जेठ २०७७ १५:५६

काठमाडौं । वेस्टईन्डिजमा जारी भिन्सी टि १० प्रिमियर लिगमा साल्ट पोन्ड ब्रेकर्सले बोटनिकल गार्डन्स रेन्जर्सलाई ४९ रनले पराजित गरेको छ । साल्ट पोन्ड ब्रेकर्सले ओपनर सुनील अम्ब्रोसको अविजित ४१ र कादिर नेडको २४ रनको सहयोगमा निर्धारित १० ओभरमा २ विकेट गुमाएर १०४ रन बनाएको थियो ।

जवाफि ब्याटिङमा आएको बोटनिकल गार्डन्स रेन्जर्सले १० ओभरमा ७ विकेट गुमाउदै ५५ रन मात्र बनाउन सक्यो । साल्ट पोन्ड ब्रेकर्सका लागि जेविड हेरीले सर्वाधिक ३ विकेट लिए ।

साल्ट पोन्ड ब्रेकर्सको प्रतियोगितामा यो चौथो जित हो । टिमका लागि सुनील अम्ब्रोसले २६ बलको पारीमा ५ चौका र १ छक्काको मदतले अविजित ४१ रन बनाएका थिए । उनले कादिरसंग पहिलो विकेटको लागि ३९ रनको साझेदारी गरेका थिए । त्यसपछि तेस्रो विकेटको लागि उनले उरनेल थोमस संग २४ रनसंगै अविजित ६४ रनको साझेदारी गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *