दलित युवाको हत्याको विरोधमा प्रदर्शन

डिसी नेपाल
१३ जेठ २०७७ १९:२४

काठमाडौं । अन्तरजातीय विवाहको निहुँमा रुकुममा दलित युवाको हत्या गरिएको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । नेपाल दलित विद्यार्थी सङ्घको नेतृत्वमा मंगलबार दिउँसो प्रदर्शनमा उत्रेका युवाहरुले ‘नवराज विक हत्या प्रकरणका दोषीलाई कानूनको दायरामा ल्याई कडाभन्दा कडा कारवाही होस्’ र ‘घटनालाई राजनीतिकीकरण नगरियोस्’ लेखिएका प्ले कार्ड बोकेका थिए ।

शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य दुईजनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अन्य तीनजना बेपत्ता छन् ।

यस घटनाको विषयलाई लिएर निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै संसद् र सडकमा विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी, दलित नागरिक समाज, सरोकारवाला सङ्घसंस्थाले आवाज उठाउँदै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *