श्रीलंकन क्रिकेट बोर्ड द्धारा क्रिकेट खेलाडी मदुशनाकालाई निलम्बन

डिसी नेपाल
१४ जेठ २०७७ १०:५७

काठमाडौं । श्रीलंका क्रिकेट बोर्डले एक कडा निर्णय लिदै क्रिकेटर शेहान मदुशनाकालाई क्रिकेटको तिनवटै फरम्याटबाट निलम्बन गरेको छ । मदुशनाका आईतबार हेरोइन सहित पक्राउ परेपछि श्रीलंका क्रिकेट बोर्डले यो निर्णय गरेको हो ।

मदुशनाका श्रीलंकन क्रिकेट बोर्डको वार्षिक अनुबन्धनमा रहेको खेलाडी हुन । बोर्डबाट निलम्बन भएपछि उनको वार्षिक अनुबन्धन रद्ध भए संगै उनले अब कुनैपनी फरम्याटमा क्रिकेट खेल्न पाउने छैनन ।

मदुशनाका संगै उनका एक साथी पनि लागुपदार्थ संगै पक्राउ परेका थिए । श्रीलंकाको उत्तर पश्चिम प्रान्तको कुलियापिटिया मजिस्ट्रेटले उनीहरुलाई २ जुनसम्मको लागि हिरासतमा राख्न आदेश दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *