वेस्टईन्डिजका टेस्ट खेलाडीहरु ईङल्यान्ड भ्रमणका लागि अभ्यासमा

डिसी नेपाल
१४ जेठ २०७७ १२:११

काठमाडौं । जेसन होल्डरको कप्तानीमा रहेको वेस्टईन्डिज क्रिकेटका केही खेलाडीहरु ईङल्यान्ड भ्रमणका लागि अभ्यासमा आएका छन । जुलाईमा हुने भ्रमणका लागि खेलाडीहरुले स–साने समुह बनाएर अभ्यास गरिरहेका छन । कोरोना भाईरसको कारण भएको लकडाउनमा खेलाडीहरुले लामो समयदेखी नेटमा अभ्यास गर्न पाएका थिएनन । सोमबार सुरु भएको अभ्यास सत्रमा क्रेग बेथवेट, साई होप, केमार रोच, शेन डॉरिच, समर्थ ब्रूक्स र रेमन रीफरले केनसिङटन ओभलमा अभ्यास गरेका थिए ।

अभ्यासको समयमा मैदानमा अन्य ब्यक्तिहरुलाई प्रवेश निशेध गरिएको छ । एक प्रेस विज्ञप्ती निकाल्दै वेस्टईन्डिज क्रिकेट बोर्डले भन्यो, “हामीले स्थानिय सरकारबाट अनुमति लिएर अभ्यास संचालन गरेका हौ । यस्को लागि सुरक्षा संग सम्बन्धित नियमहरु जस्तै, सामाजिक दुरी, सरकार र वेस्टईन्डिज क्रिकेटको चिकित्सा सल्लाहकार समितिबाट जारी गरिएको दिशानिर्देश पालना गरेका छौं । स्टेडियमका सबै ढोकाहरु बन्द गरेर अभ्यास भैरहेको छ ।”

खेलाडीहरुले वेस्टईन्डिजका सहायक कोच राडि एस्टविक र बारबाडोस क्रिकेट संघका अन्य कोचहरुको रेखदेखमा अभ्यास गरिरहेका छन । वेस्टईन्डिज क्रिकेटका सिईओ जोनी गे्रवले भने, “यो एकदमै राम्रो खबर हो, खेलाडीहरुले अभ्यास सुरु गरेका छन । खेलाडीहरु विगत केही हप्तादेखी घरमै बसेर शारिरीक अभ्यास गरिरहेका थिए ।”

ईङल्यान्ड भ्रमणको बारेमा उनले भने, “हामीसँग अहिले भएको सुचनाको आधारमा सबैलाई विश्वस्त छ कि यो भ्रमण यस समरको केही समयमा हुनेछ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *