‘नौ दिनमै म ठीक भएँ’

डिसी नेपाल
१४ जेठ २०७७ २०:३७

काठमाडौं । काठमाडौँमा बहिनीज्वाइँको उपचारका क्रममा कोरोना संक्रमण हुनुभएका तुलसीपुर उपमहानगरपालिका वडा नं – ४ का भीमबहादुर वली कोरोनालाई जितेर घर फर्किएका छन् । काठमाडाँैबाट तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्सबाट आज घर फर्किएका वलीलाई रक्षाचौरस्थित क्वारेन्टिनमा नगर प्रमुख घनश्याम पाण्डेले फूलमालाले स्वागत गरे। ‘‘कोरोना जित्नुभएकामा तपाईँलाई धेरै धेरै बधाई ’’, नगर प्रमुख पाण्डेले भने । उनले कोरोनालाई उच्च मनोबल बनाए सजिलै जित्न सकिन्छ भन्ने सन्देश सबैलाई दिन पनि उहाँलाई आग्रह गरे ।

नगर प्रमुख पाण्डेले वलीलाई पोषण आहारका लागि अण्डा, स्वास्थ्य सामग्रीसमेत प्रदान गरेका थिए । लामो समय बहिनीज्वाइँको उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा बस्नुभएका ४६ वर्षीय वलीलाई त्यही बेला कोरोना संक्रमण देखिएको हो । स्वाब लिएको दुई दिनमै केही काम छ भन्दै पाटन अस्पताल पुु¥याइएपछि स्वास्थ्यकर्मीले एकाएक कोरोना संक्रमण भएको जानकारी दिँदा निकै डर लागेको उनले आफ्नो अनुभव बताए।

यही जेठ ३ गते कोरोना संक्रमित भएको खबर पाएका वलीले जेठ १२ गतेसम्म तीन पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ भन्ने खबर पाइएको बताए । ‘‘हल्ला धेरै भए पनि निको हुने रोग रहेछ, नौ दिनमै म ठीक भएँ’’, उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *