ईङल्यान्डका २३ बर्षीय खेलाडीको रहस्यमय निधन

डिसी नेपाल
१५ जेठ २०७७ १४:०९

काठमाडौं । ईङल्यान्डका २३ बर्षीय फुटबल खेलाडी क्रिस्टियन मबुलूको निधन भएको छ । यद्यपि कसैलाई उनको मृत्युको कारण थाहा छैन। ईङलिस फुटबल क्लब लिगले उनको निधनको पुष्टि गरेको छ । मदरवेल डिफेन्डर क्रिस्टियनलाई जनवरीमा छोटो अवधिको सम्झौतामा सीजनको अन्त्यमा क्लबमा सामेल गरिएको थियो ।

क्लबले मृत्युका कारण जनाएको छैन। पुलिसका अनुसार युवा फुटबलर दिउँसो उनको आफ्नै घरमा मृत अवस्थामा भेटिएको थिए । लंकासर प्रहरीका अनुसार प्रहरीले यसबारे २६ मे दिउँसो १.३० बजे सूचना पाएको र प्रहरी उनको घर पुग्दा त्यहाँ उनको लास भेटिएको बताएका छन ।

मबुलूले आफ्नो सिनियर फुटबल करियर १७ बर्षको उमेरमै सुरु गरेका थिए । उनले नन लिग क्लब बेन्टवुड संग सम्झौता गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *